बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

१० निर्माण कम्पनी कालोसूचीमा 

images
बिहीबार , वैशाख ७ २०८०
images
images
१० निर्माण कम्पनी कालोसूचीमा 

कालोसूची अवधिभर ती निर्माण कम्पनी तथा आपूर्तिकर्ताले सरकारी टेन्डरमा भाग लिन पाउने छैनन्। 

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।

images
images
images

समयमा काम नगर्ने निर्माण कम्पनी तथा आपूर्तिकताएलाई ठेक्का लगाउने निकायको सिफारिसमा कार्यालयले कालोसूचीमा राख्दै आएको छ। 

images
images

कार्यालयले बुधबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐनको व्यवस्था बमोजिम कालोसूचीमा राखेको हो। कालोसूची अवधिभर ती निर्माण कम्पनी तथा आपूर्तिकर्ताले सरकारी टेन्डरमा भाग लिन पाउने छैनन्। 

images
images
images

कालोसूचीमा पर्नेहरुमा एसएएस कन्स्ट्रक्सन, धुलिखेल युनिकर्ण जेभी (धुलिखेल निर्माण सेवा र युनिकर्ण कन्स्ट्रक्सन), फेवा नेपाल, कन्या कालिका स्टिल फर्निचर कालोसूचीमा परेका छन्। 

त्यस्तै गरि नागर्जुन शंकरमाली जेभी (नागर्जुन कन्स्ट्रक्सन कम्पनी र शंकरमाली निर्माण सेवा), ओम शान्ति निर्माण सेवा, रेडलाइन कन्स्ट्रक्सन कम्पनी, सेफ मेटल कन्स्ट्रक्सन, सिरुवा/कविर/सुनकोशी जेभी र वाईपी/रफिना जेभी कालोसूचीमा परेका छन्। 

यी निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। 

 


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend