बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

भुटानी शरणार्थी बनाएर अमेरिका : ५ करोड १९ लाख ठगिएको भन्दै १० जनाले दिए जाहेरी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ७ २०८०
images
images
भुटानी शरणार्थी बनाएर अमेरिका : ५ करोड १९ लाख ठगिएको भन्दै १० जनाले दिए जाहेरी

यसरी ठगीमा ८१ जना परेका छन्। अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ। पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको छ।

images
images

काठमाडौं- भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर ५ करोड १९ लाख रूपैयाँ ठगी भएको भन्दै प्रहरीको सम्पर्कमा १० जना पुगेका छन्। 

images
images
images

नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडित सम्पर्कमा आएका र उनीहरुले ५ करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्।

images
images

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

images
images
images

उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ। 

उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ।

यसरी ठगीमा ८१ जना परेका छन्। अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ। पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend