बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बैंकहरूको खराब कर्जा १९८.२३ प्रतिशतले बढ्यो, ३० अर्ब ८६ करोड रुपैयाँ प्रोभिजनिङ

एभरेष्ट बैंकको सबैभन्दा कम हुँदा हिमालयनको बढी, कुनको कति?

बिहीबार , वैशाख ७ २०८०
बैंकहरूको खराब कर्जा १९८.२३ प्रतिशतले बढ्यो, ३० अर्ब ८६ करोड रुपैयाँ प्रोभिजनिङ

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूको खराब कर्जा गतवर्षको तुलनामा १९८.२३ प्रतिशतले बढेको छ। गत वर्ष यो अवधिमा १.२२ प्रतिशत रहेको खराब कर्जा बढेर अहिले ३.०३ प्रतिशत पुगेको हो। बैंकका ऋणीले ऋणको ब्याज र किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा बढ्दै गएको छ।

९ महिनामै बैंकहरूले ३० अर्ब ८६ करोड रूपैयाँ प्रोभिजनिङलाई छुट्याइसकेका छन्। गत वर्षको चैतमा ७ अर्ब रूपैयाँ मात्रै थियो। २३ अर्ब ८६ करोड रूपैयाँले प्रोभिजनिङको रकम बढेको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा २१ वाणिज्य बैंकहरूको नाफा ११.७१ प्रतिशत बढेको छ। गत वर्ष यो अवधिमा ४३ अर्ब ५९ करोड ९१ लाख रूपैयाँ खुद नाफा गरेका बैंकहरूले चालु आवमा ११.७१ प्रतिशतले नाफा बढाएर ४८ अर्ब ७० करोड ८६ लाख रूपैयाँ खुद नाफा गरेका हुन्।

२१ वाणिज्य बैंकहरूमा हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ भने दुई सरकारी बैंक नेपाल र कृषि विकास बैंकको खराब कर्जा पनि ४ प्रतिशत नाघेको हो। कृषि विकास बैंकको खराब कर्जा ४.३५ प्रतिशत पुगेको छ भने नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ।

यस्तै सिटिजन्स बैंकको ३.९८ प्रतिशत र कुमारी बैंकको ३.९७ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमई बैंकको ३.९६ प्रतिशत, सिद्धार्थको ३.९५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.९४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३.८८ प्रतिशत खराब कर्जा पुगेको हो।

खराब कर्जा बढ्दा के हुन्छ?

खराब कर्जा बढेपछि सिधै नाफामा असर गर्नेछ। ग्राहकहरूलाई ऋण दिएका हुन्छन् र ऋणीले ऋण फिर्ता नगर्ने जोखिम पनि हुन्छ। जसको ऋण निष्क्रिय भएको भनिन्छ। जब बैंकले ऋणीकर्ताले भुक्तानी गर्न असम्भव छ भनेर वा ऋणीकर्ताले भुक्तानी गर्न ९० दिन ढिलो भएमा ऋण निष्क्रिय हुन्छ।

निष्क्रिय कर्जा (एनपीएल) ले बैंकहरूको आम्दानी घटाउँछ र घाटा निम्त्याउँछ, जसले तिनीहरूको सुदृढतामा असर गर्छ। उच्च स्तरको निष्क्रिय कर्जा भएका बैंकहरूले घरपरिवार र कम्पनीहरूलाई ऋण दिन असमर्थ छन्। यो समग्र अर्थतन्त्रका लागि हानिकारक हुने गर्दछ।

प्रत्येक बैंकले आफ्नो ऋणमा घाटाको लागि तयारी गर्दछन्। बैंकले क्रेडिट जोखिमलाई सुधार गर्न, बैंकले ऋणमा अपेक्षित भविष्यको नोक्सानको अनुमान गर्दछ र सम्बन्धित प्रोभिजन बुक गर्दछन्। प्रोभिजन बुक गर्नुको अर्थ बैंकले समय अगावै ऋणमा भएको नोक्सानीलाई पहिचान गर्दछन्।

बैंकहरूले घाटाको सुधार गर्न अन्त्य गर्न आफ्नो पुँजी प्रयोग गर्दछन्। प्रोभिजन बुक गर्दा बैंकले घाटा लिन्छ र त्यसैले ग्राहकबाट संकलन गर्न नसक्ने रकमले आफ्नो पुँजी घटाउँछ।बैंकहरूले पूर्ण मूल्यको लागि प्रोभिजन बुक गर्नुपर्दैन। किनभने उनीहरूले अझै पनि ग्राहकबाट केही भुक्तानीहरू प्राप्त गर्न सक्छन्। बैंकहरूले पनि सम्पत्ति बेचेर ऋण उठाउने गर्दछन्।

खराब कर्जा कुनको कति प्रतिशत?

नबिल बैंक : ३.८७ प्रतिशत

ग्लोबल आईएमई बैंक :  ३.९६

एनआइसी एसिया बैंक : ०.८५

एभरेष्ट बैंक : ०.७०

स्ट्याण्डर्ड चार्टर्ड : ०.९०

लक्ष्मी बैंक :  १.८२

नेपाल एसविआई बैंक : ०.९७

राष्ट्रिय वाणिज्य बैंक : ३.८८

हिमालयन बैंक : ४.५६

नेपाल इन्भेष्टमेन्ट बैंक : ३.९४

प्रभु बैंक : ३.४८

सानिमा बैंक : २.२७ 

कुमारी बैंक : ३.९७

एनएमबि बैंक : २.९६

सनराइज बैंक : ३.६२

प्राइम बैंक : ३.०६

माछापुछ्रे बैंक : २.३७

नेपाल बैंक : ४.१६

सिटिजन्स बैंक : ३.९८ 

सिद्धार्थ बैंक : ३.९५

कृषि विकास बैंक : ४.३५


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend