सोमबार, मंसिर १० गते २०८१    
images
images

उच्च ब्याजदर र सुरक्षित लगानी हुने नागरिक बचतपत्रमा ‘न्यून सस्क्राइब’ 

images
शुक्रबार, वैशाख ८ २०८०
images
images
उच्च ब्याजदर र सुरक्षित लगानी हुने नागरिक बचतपत्रमा ‘न्यून सस्क्राइब’ 

नागरिक बचपत्रको ब्याजदर पछिल्लो २१ वर्षकै उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकले राखेको तथ्यांकअनुसार हालसम्मकै उच्च ब्याजदरमा चैतमा नागरिक बचतपत्र निष्काशन भएको छ। चैतमा ११.५ प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र निष्काशन भएको छ। 

images
images

काठमाडौं- नेपाली नागरिकले सरकारलाई ऋणका रुपमा लगानी गर्नसक्ने एउटा माध्यम नागरिक बचपतत्रमा आकर्षण देखिएको छैन। 

images
images
images

आवश्यक पर्दा धितो राखेर ऋणसमेत लिन मिल्ने यस्तो नागरिक बचतपत्रमा मागिएको भन्दा न्यून बिड परेको हो। गएको चैतमा निष्कासन गरिएको नागरिक बचतपत्रमा न्यून रकम परेको थियो। राष्ट्र बैंकले फागुन १० गते २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र खुला गरेको थियो। 

images

चैत ६ गते गरिएको निष्कासनमा भने जम्मा २ अर्ब १७ करोडमात्र भयो। यसमा झन्डै ३३ करोड न्यून रकम निष्कासन भएको हो। पाँच वर्षे अवधिको नागरिक बचतपत्रमा नेपाली नागरिकलेमात्र खरिद गर्न सक्छन्। 

images

११.५० प्रतिशत ब्याजदर रहेको यो उपकरणमा नागरिकको आकर्षण देखिएको छैन। सुरक्षित मानिने यस्तो उपकरणमा समेत आकर्षण नदेखिनुका पछाडि सचेतना नभएको बैंकर परशुराम क्षेत्री कुँवरको भनाइ छ। 

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्षअवधिको रहेको छ।

नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू मुख्यतया ४ प्रकारका छन्। ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन्। सरकारी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकद्वारा संचालित बोलकबोल प्रक्रिया मार्फत जारी गरिन्छ। बोलकबोल अनलाईन बोलकबोल प्रणाली मार्फत सञ्चालन गरिन्छ। विभिन्न ऋणपत्रको निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि निम्नानुसार रहेको छ।

नागरिक बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन 'खुला बजार सञ्चालन समिति'ले तोकिदिएको मितिमा गर्ने गरिन्छ।

सरकारी ऋणपत्रहरू सरकारको तर्फबाट जारी हुने हुँदा लगानी डुब्ने डर नहुने, निश्चित समयमा ब्याज प्राप्त हुने, तत्काल नगद आवश्यकता परेमा दोस्रो बजारमा सजिलैसँग बिक्री गर्न सकिने, जमानतको रुपमा प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट सजिलै कर्जा प्राप्त हुने र तुलनात्मक रुपमा अन्य उपकरणहरूको तुलनामा ब्याज आम्दानी बढी हुने हुनाले आकर्षित हुनुपर्ने क्षेत्रीको भनाइ छ। 

६/६ महिनामा ब्याज भुक्तानी हुने उच्च ब्याजदर पनि भएकाले बैंकहरूको मुद्दति निक्षेपभन्दा धेरै आकर्षक हुनुपर्ने भएपनि यसमा बकर्षण देखिएको छैन। यस्तै प्रकृतिको बैदेशिक रोजगार बचतपत्रमा पनि आकर्षण देखिएको छैन। 

बैंक तथा वित्तीय संस्था तथा संस्थागत तहबाट लगानी गर्न मिल्ने ट्रेजरी बिल र विकास ऋणपत्रमा भने माग गरिएकोभन्दा धेरै बिड पर्ने गरेको छ। 

नागरिक बचपत्रको ब्याजदर पछिल्लो २१ वर्षकै उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकले राखेको तथ्यांक अनुसार हालसम्मकै उच्च ब्याजदरमा चैतमा नागरिक बचतपत्र निष्कासन भएको छ। चैतमा ११.५ प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र निष्कासन भएको छ। 

नागरिक बचतपत्रको हालसम्मको सबैभन्दा न्यून ब्याजदर भने ६ प्रतिशत रहेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend