बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच भेट, तरलता बढाउँदै ब्याजदर घटाउने विषयमा छलफल

images
बुधबार, वैशाख ६ २०८०
images
images
महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच भेट, तरलता बढाउँदै ब्याजदर घटाउने विषयमा छलफल

असार मसान्तसम्मका लागि कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपाय बारे छलफल गरेको छ। 

images
images
images

बुधबार नेपाल राष्ट्र बैंक बालुवाटारमा गरिएको उक्त भेटवार्तामा महासंघका अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए। 

images
images

बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए। 

images
images
images

उनले केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिए।  

यसैगरि निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन्।

बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो।  

सो अवसरमा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गरिने आश्वासन दिए। 

उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्पmत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराए।

साथै उनले अहिलेको अर्थतन्त्रका समस्या समाधान गर्न महासंघसंगको सहकार्य नेपाल राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण रहेको बताएका छन्।

भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो।


प्रकाशित : बुधबार, वैशाख ६ २०८०१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend