सोमबार, वैशाख २४ गते २०८१    
images
images

फक्सवागनले भारतमा पहिलो विद्युतीय कार आइडी फोर सार्वजनिक गर्ने

images
images
images
फक्सवागनले भारतमा पहिलो विद्युतीय कार आइडी फोर सार्वजनिक गर्ने

२०२६-२०२७ मा भारतीय अटोमोबाइल विद्युतीय कारको मास मार्केटमा जाने देखिएको र त्यसका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको गुप्ताले बताएका छन्।

images
images

काठमाडौं- जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनले भारतमा विद्युतीय सवारी उत्पादन र बिक्रीलाई प्राथमिकता दिने भएको छ। आइसी इन्जिनयुक्त सवारीका लागि भारतमा स्कोडालाई अघिसारेको फक्सवागन समूहले फक्सवागन ब्रान्डमा विद्युतीय सवारी उत्पादनलाई जोड दिने भएको हो। 

images
images
images

फक्सवागन समूहले भारतमा विद्युतीय सवारी उत्पादनका लागि नयाँ लगानी ल्याउने बताएको छ। पछिल्लो सयम फक्सवागन समूहको भारतीय बिक्रीमा उल्लेख्य सुधार देखिएको छ। योसँगै समूहले विद्युतीय कार उत्पादनलाई नयाँ लगानी ल्याउने र भएको उत्पादन क्षमतालाई विस्तार समेत गर्ने उल्लेख गरेको छ। 

images

फक्सवागनले भारतमा इन्डिया २.० रणनीतिअनुरुप नै नयाँ विद्युतीय सवारी सार्वजनिक गर्ने जनाएको छ। फक्सवागनले २०२४ मा भारतीय बजारमा पहिलो विद्युतीय कार आईडी फोर सार्वजनिक गर्ने घोषणा गरेको छ। 

images

सुरुवाती चरणमा फक्सवागनले अधिकांश पार्टस आयात गरेर आइडी फोर एसेम्बल गर्ने जनाएको छ। त्यस्तै उसले भारतको महाराष्ट्रमा रहेको समूहको सवारी उत्पादन प्लान्टबाट बाँकी केही पार्टस उत्पादन गर्नेछ। २०२५ सम्ममा भने फक्सवागनले भारतमा उत्पादन हुने विद्युतीय कारमा अधिकांश पार्टस भारतमै उत्पादन गरिसक्ने उल्लेख गरेको इकोनोमिक टाइम्सले लेखेको छ। भारत सरकारले स्वदेशमै उत्पादन गर्ने कम्पनीहरुलाई उच्च प्राथमिकता दिएको छ। 

images
images

फक्सवागन समूहले भारतमा विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिएको र एसेम्बलभन्दा बढीसेबढी स्थानीय उत्पादनमै जोड दिएको फक्सवागन प्यासेन्जर कारका ब्रान्ड डाइरेक्टर आशिष गुप्ताले बताएका छन्। भारतमा स्थानीय स्तरमै विद्युतीय कार उत्पादनका लागि करिब १ अर्ब डलर लगानी आवश्यक रहेको उनको भनाइ छ। 

२०२६-२०२७ मा भारतीय अटोमोबाइल विद्युतीय कारको मास मार्केटमा जाने देखिएको र त्यसका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको गुप्ताले बताएका छन्। आफूहरुले पनि सोही समयलाई लक्षित गरेर विद्युतीय सवारी उत्पादनलाई जोड दिएको उनको भनाइ छ। 

भारतीय बजारमा अबको तीनदेखि चार वर्षभित्रमा सबै ब्रान्डका गरेर ४६ वटा विद्युतीय कार मोडल सार्वजनिक हुने तालिका नै तय भएको छ। विद्युतीय सवारीको इकोसिस्टम निर्माण हुनुपूर्व नै विद्युतीय सवारी सार्वजनिक हुने क्रम तीब्र भएको गुप्ताले बताएका छन्। यो भनेको विद्युतीय सवारी सेगमेन्टको विस्तार सोचेभन्दा धेरै छिटो भइरहेको छ। 

‘जति विद्युतीय सवारी मोडल सार्वजनिक भइरहेका वा हुने क्रममा छन् तिनका लागि आवश्यक पर्ने कम्पोनेन्टको सप्लाइ नै तयार भइसकेको छैन,’ गुप्ताले भनेका छन्, ‘विद्युतीय कारको कुल लागतमा ब्याट्रीको हिस्सा ५० प्रतिशत छ। जबसम्म स्थानीय रुपमा तुलनात्मक रुपमा कम लागतमा ब्याट्री उत्पादन हुन थाल्दैन तबसम्म आम उपभोक्ताले खरिद गर्ने मूल्यमा विद्युतीय कार उत्पादन हुन कठीन छ। यो हाम्रो (फक्सवागन)मात्र होइन सबै उत्पादकको समस्या हो।’ 

images

प्रकाशित : बिहीबार , वैशाख ७ २०८००५:५९

प्रतिक्रिया दिनुहोस