काठमाडौं- तेह्रथुम पावर कम्पनीले ८४.७४ रुपैयाँदेखि २५४.२२ रुपैयाँको सुरुवाती कारोबार मूल्य पाएको छ। दुई दिन अगाडि मात्रै सूचीकृत भएको कम्पनीलाई धितोपत्र बोर्डले सुरुवाती मूल्य दिएको हो।
कम्पनीले दसैँअगाडि ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो। सुरुवाती कारोबारको मूल्य पाएसँगै आगामी साताबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने छ।