शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

विशाल समूहले दुई विद्युतीय सवारी ब्रान्ड 'साइनरे' र 'स्कर्पियस' ल्याउने, निकुञ्ज अग्रवालले गरे सम्झौता

images
images
images
विशाल समूहले दुई विद्युतीय सवारी ब्रान्ड 'साइनरे' र 'स्कर्पियस' ल्याउने, निकुञ्ज अग्रवालले गरे सम्झौता

दुई पांग्रेदेखि चारपांग्रे सवारीसम्मको आधिकारिक बिक्रेता रहेको विशाल समूहले नयाँ ब्रान्ड ल्याउने क्रम जारी राखेको छ। विशाल समूहको अबको लक्ष्य भने कमर्सियल सवारी ल्याउने रहेको छ। 

images
images

काठमाडौं- व्यवसायिक घराना विशाल समूह सवारी ब्रान्ड भित्र्याउन आक्रामक देखिएको छ। एकपछि अर्को ब्रान्ड ल्याइरहेको यो समूहले पछिल्लो पटक एकैसाथ दुई चिनियाँ विद्युतीय सवारी ब्रान्ड ल्याउने भएको छ। विशाल समूहले अघिल्लो साता दुई ब्रान्ड साइनरे र स्कर्पियस ल्याउने गरि सम्झौता गरेको हो। 

images
images
images

विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको र सरकारले कर सहुलियतसमेत दिएकाले व्यवसायिक घरानाहरू विद्युतीय कार तथा भ्यान ल्याउन लागि परेका छन्। विभिन्न ब्रान्डका सवारीसाधन आयात गरेर बिक्री गर्दै आएको विशाल समूहले साइनरेको विद्युतीय भ्यान/माइक्रोबस र स्कर्पियस ब्रान्डको विद्युतीय कार ब्रान्ड थपेको हो। 

images

दुई पांग्रेदेखि चारपांग्रे सवारीसम्मको आधिकारिक बिक्रेता रहेको विशाल समूहले नयाँ ब्रान्ड ल्याउने क्रम जारी राखेको छ। विशाल समूहको अबको लक्ष्य भने कमर्सियल सवारी ल्याउने रहेको छ। 

images

विशाल समूहले चिनियाँ कम्पनी डब्लूएम मोटरको सवब्रान्ड स्कर्पियसको विद्युतीय कार र साइनरेको विद्युतीय माइक्रोबस ल्याउने भएको हो। यी दुवै ब्रान्ड विशाल समूहअन्तर्गतको कम्पनीले अबको केही समयभित्र विद्युतीय सवारी आयात गर्नेछ। दुई ब्रान्ड भित्र्याउनेगरि समूहका निर्देशक निकुञ्ज अग्रवालले केही समयअघिमात्रै उत्पादक कम्पनीसँग सम्झौता गरेका हुन्। दुई ब्रान्डसँगको सम्झौतासँगै समूहले बिक्री गर्ने टिम र शोरुमलगायको तयारीलाई तीब्रता दिएको छ। 

images
images

स्कर्पियस ब्रान्ड

स्कर्पियस ब्रान्ड चिनियाँ विद्युतीय कार कम्पनी डब्लूएम मोटरको सवब्रान्ड हो। डब्लूएम मोटर २०२१ को अन्त्यतिर इन्डोनेसिया प्रवेश गरेको थियो। सो कम्पनीले इन्डोनेसियामा डब्लूएम मोटर एसिया प्यासिफिकमार्फत विद्युतीय सवारी बिक्री गर्ने लक्ष्य लिएको थियो। सोहीअनुसार डब्लूएम मोटरले इन्डोनेसियामा एसेम्बल प्लान्ट स्थापना गरेर इन्डोनेसियासहित एसिया प्यासिफिक देशहरूमा विद्युतीय कार निर्यात गर्ने लक्ष्य लिएको छ। 

डब्लूएम एसिया फ्यासिफिकले डब्लूएम ब्रान्डका विद्युतीय सवारीलाई फिलिपिन्स, लाओस, नेपाललगायत एसियाली देश तथा जर्मनी, टर्की र फ्रान्ससम्म कार निर्यात गर्ने दाबी गरेको छ। 

इन्डोनेसियामा स्कर्पियस ब्रान्ड अन्तर्गत डब्लूएम मोटरले स्कर्पियस एएस १०० विद्युतीय कार २०२२ को अन्त्यमा सार्वजनिक गरेको थियो। यो कार टोयोटाको एमपीभी अल्फार्ड जस्तै देखिएको भन्दै आलोचना समेत भएको थियो। 

कम्पनीले इन्डोनेसियामा अन्य मोडलका विद्युतीय कारसमेत उत्पादनको तयारी गरिरहेको छ। सुरुवाती चरणमा विशाल समूहले नेपाली बजारमा स्कर्पियस एएस १०० विद्युतीय कार नै ल्याउने छ। 

साइनरेका विद्युतीय माइक्रोभ्यान

विशाल समूहले साइनरेका भ्यान र पिकअप समेत ल्याउने भएको छ। समूहले साइनरे ग्रुपले उत्पादन गरेका ११ देखि १४ सिट क्षमताका विद्युतीय माइक्रोभ्यान र सोही कम्पनीले उत्पादन गरेका १ देखि २.५ टन क्षमताका विद्युतीय पिकअप ल्याउने भएको हो।

साइनरेका ६ वटा मोडलका माइक्रोभ्यान उपलब्ध रहेको छ भने ५ मोडलका पिकअप उपलब्ध रहेको छ। विशाल समूहले सुरुवाती चरणमा साइनरेका विद्युतीय माइक्रोभ्यान ल्याउने छ भने उपभोक्ताको मागअनुसार अन्य मोडल भित्र्याउँदै जानेछ। 

यी हुन् विशाल समूहसँग भएका सवारी ब्रान्ड

पछिल्लो समय व्यवसायिक घरानाहरू चिनियाँ सवारी ब्रान्ड ल्याउन लागि परेका छन्। गत वर्ष विशाल समूहले चिनियाँ ब्रान्ड म्याक्सस् ल्याउन सम्झौता गरेको र केही महिनाअघि मात्र उक्त ब्रान्ड नेपाली बजारमा सार्वजनिक गरेर नक्सालमा शोरुम समेत स्थापना गरिसकेको छ। 

विशाल समूहले दुई वर्षअघि चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर भित्र्याएको थियो। समूहले सुजुकीका मोटरसाइकल तथा स्कुटर बिक्रीगर्दै आएको छ। त्यस्तै समूहले फक्सवागन, मोरिस ग्यारेज (एमजी), माज्दा, रेनो ब्रान्डका कार उपलब्ध गराउँदै आएको छ।

समूहले कोबेल्को ब्रान्डका हेवी इक्युपमेन्ट समेत बिक्री गर्दै आएको छ। यो समूहले विभिन्न ब्रान्डका लुब्रिकेन्टसमेत आयात गर्दै आएको छ।

images

प्रकाशित : बुधबार, वैशाख ६ २०८०१२:४२

प्रतिक्रिया दिनुहोस