शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

दर्जन टायल उद्योगमा २२ अर्ब लगानी, कुन उद्योगमा कुन व्यवसायीको कति लगानी?

images
images
images
दर्जन टायल उद्योगमा २२ अर्ब लगानी, कुन उद्योगमा कुन व्यवसायीको कति लगानी?

उद्योग विभागअनुसार चालु आर्थिक वर्षमा मात्रै ३ वटा टायल उद्योग दर्ता भएका छन्। विभागका अनुसार पछिल्ला ४-५ वर्षमा नै टायल उद्योगमा २० अर्बको लगानी प्रतिबद्धता भएको छ। 

images
images

काठमाडौं- टायल उत्पादन उद्योगमा व्यवसायी घराना प्रवेश गर्न थालेका छन्। सतप्रतिशत नै आयात भइरहेको टायल पछिल्लो समय नेपालमा पनि उत्पादन सुरु भइसकेको छ। पछिल्लो ४-५ वर्षमा नै टायल दर्जन उद्योगमा झन्डै २२ अर्ब रूपैयाँको लगानी भएको छ।

images
images
images

कतियप उद्योगले टायल उत्पादन सुरु गरिसकेका छन् भने कतिपयको उत्पादनका लागि पूर्वाधार निर्माण गरिरहेका छन्। योसँगै नेपालललाई धेरैभन्दा धेरै नेपाली कच्चा पदार्थ प्रयोग गरेर टायरमा आत्मनिर्भर बनाउने लक्ष्य सहित उत्पादनका लागेको व्यवसायीको भनाइ छ। नेपालमा सिमेन्ट उत्पादन सुरु हुँदा पनि कसैले नेपाल आत्मनिर्भर हुँदै निर्यातको बाटोमा जान्छ भनेर विश्वास गरेका थिएनन्। अहिले नेपालबाट सिमेन्ट निर्यात भइरहेको छ।

images

अब टायलमा पनि नेपाल आत्मनिर्भरको बाटोमा जाने गरी उद्योग स्थापना भएको व्यवसयीहरु बताउँछन्। अहिले नेपालमा झन्डै एक दर्जन टायल उद्योग दर्ता भइसकेका छन्। उद्योग विभागअनुसार चालु आर्थिक वर्षमा मात्रै ३ वटा टायल उद्योग दर्ता भएका छन्। विभागका अनुसार पछिल्ला ४-५ वर्षमा नै टायल उद्योगमा २० अर्बको लगानी प्रतिबद्धता भएको छ। 

images

कुन उद्योगमा कति लगानी?

images
images

मुरारका समूहको १ अर्ब ८१ करोड लगानी

व्यावसायिक घराना मुरारका समूहले नेपालमा सेरामिक्स काराखाना खोल्ने भएको छ। सेरामिक्स प्लान्ट स्थापनाका लागि उद्योग विभागमा सेराप्रो नेपाल नाममा दर्तासमेत भइसकेको छ। उद्योग विभागका अनुसार उद्योगमा १ अर्ब ८१ करोड रूपैयाँ लगानी रहने छ। उद्योगमा २ सय ३७ जनाले रोजगारी पाउनेछन्। उद्योगले वार्षिक १ करोड ९५ लाख पिस फ्लोर टायल र ९५ लाख पिस वाल टायल उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ।

मुरारका ग्रुपले चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड सोमानीसँगको साझेदारीमा नेपालमै सेरामिक्स उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको हो। यसमा मुरारका ग्रुपको बहुमत सेयर रहने छ। 

यो उद्योग एक्लैले नेपाली बजारमा हुने मागको ३३ प्रतिशत भारबहन गर्नसक्ने मुरारका समूहका पशुपति मुरारकाले जानकारी दिए। नेपालमा अहिले भारतबाटै टायल आयात भइरहेको छ। नेपालमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा पनि सहयोग पुग्ने उनको भनाइ छ। 'बजारमा केही पनि उत्साह नभएको समयमा हामीले यो नयाँ भेन्चर सुरु गर्न लागेका छौँ।यसको प्रतिफल भविष्यमा राम्रै आउनेछ', उनले भने। 

सोमानी सेरामिक्स भारतीय कम्पनी हो। भारतका विभिन्न प्रदेशमा सातवटा प्लान्ट भएको सोमानीले विभिन्न सेरामिक्स उत्पादन गर्दै आइरहेको छ।

पूर्वक्रिकेटर पारस लुनियाले सवा ३ अर्बको लगानीमा अरिहन्त इन्फ्रास्ट्रक्चर 
 
पूर्वक्रिकेटर पारस लुनियाले सवा ३ अर्बको लगानीमा टायल उद्योग ल्याउँदै छन्। पूर्वक्रिकेटर तथा उद्योग संगठन मोरङका सदस्य  लुनियाले टायल उद्योग सञ्चालनमा ल्याउने भएका छन्। लुनियाले ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार रूपैयाँ लगानीमा टायल उद्योग सञ्चालनमा ल्याउन लागेका हुन्।

लुनियाले सुनसरी दुहवी नगरपालिका वडा नम्बर ८ मा उद्योग स्थापना गर्नेगरी काम अगाडि बढाएका छन्। उनले उद्योग सञ्चालनका लागि अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेड उद्योग विभागमा दर्ता गराइसकेका छन्।

उद्योगमा ६ सय ८५ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। पीजीभीटी, जीभीटी, वाल तथा नानो टाइल उत्पादन गर्नेगरि उद्योग आउन लागेको हो। त्यस्तै उद्योगमार्फत जिप्सम बोर्ड तथा पाउडर, स्यानिटरी आइटम र ग्रेनाइट उत्पादन गरिने जनाइएको छ। सम्रगमा उद्योगबाट वार्षिक टायललगायतका २ लाख ८ हजार ८ सय २८ मेट‍्रिकटन सामान उत्पादन हुने दर्ता विवरणमा उल्लेख छ। 

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा समेत देशको प्रतिनिधित्व गरिसकेका पूर्वक्रिकेटर लुनिया व्यवसायमा अब्बल रूपमा चिनिएको नाम हो। उनले क्रिकेटमा नै पनि फ्रेन्चाइजी टी-ट्वान्टी लिगहरूमा टिम मालिकका रूपमा लगानी गर्ने गरेका छन्। 

डेढ अर्बको लगानीमा नेपोभिट ब्रान्डमा टायल

नेपाल सेरामिक्स इन्डष्ट्रिजले बाराको जिनपुर सिमरा उपमहानगर-८ मा नेपोभिट ब्रान्डमा टायल उत्पादन सुरु भइसकेको छ। टायल र हार्डवेयर व्यापारी मनोज रौनियार र सम्भुनाथ झाले स्वदेशी माटो प्रयोग गरेर स्वदेशमै टायल उत्पादन सुरु गरेका हुन्। डेढ अर्ब रुपैयाँ लगानी भएको उद्योग साढे पाँच विघा क्षेत्रफलमा फैलिएको छ।

यस्तै, रमेश कर्प र कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा भैरहवामा ‘कजरिया रमेश टायल्स’ उद्योल खुल्दैछ। सन् २०२३ भित्रै उत्पादन थाल्ने लक्ष्यसहित अहिले उद्योगको पूर्वाधार निर्माण भइरहेको छ। उद्योगमा चार अर्ब रुपैयाँ लगानी हुनेछ, जसमा रमेश कर्प र कजरियाको ५०/५० प्रतिशत लगानी (हिस्सा) रहनेछ। भैरहवामा १० विघा जग्गामा उद्योगको प्लान्ट निर्माण भइरहेको रमेश कर्पले जनाएको छ।

यसैगरी रौतहटमा टायल उत्पादन गर्न ७० करोड २९ लाख लगानीको प्राइम सेरामिक्स उद्योग दर्ता भएको छ। पूर्णतया स्वदेशी लगानी रहने यस उद्योगको वार्षिक उत्पादन क्षमता दुई करोड ८० लाख पिस हुनेछ। साथै बर्दियाको गुलरिया नगरपालिकामा ३ अर्ब ९६ करोड रुपैयाँ लगानीमा लुम्बिनी सेरामिक्स उद्योग खुल्ने भएको छ।

उद्योगले २ लाख ८० हजार पिस टायल उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी कैलालीमा  कैलाली सेरामिक्स प्रालि दर्ता भएको छ। यो उद्योगमा पनि ३ अर्ब ९६ करोड नै लागनी रहने उद्योग दर्ता विवरणमा उल्लेख छ। उद्योगले २ करोड ८० लाख पिस टायल उत्पादन गर्ने लक्ष्य लिएको छ। 

कपिलवस्तुको शिवराज नगरपालिकामा मेक्सो टायल्स उद्योग सञ्चालनमा आउने भएको छ। ६६ करोड ७९ लाख रुपैयाँ लगानी गरेर टायल उद्योग सञ्चालनमा ल्याउने विभागमा प्रस्ताव गरिएको छ। यस उद्योगले फ्लोर टायल्स एक करोड ६० लाख पिस र वाल टायल्स एक करोड २५ लाख पिस उत्पादन गर्ने जनाएको छ।

साथै उद्योग विभागका अनुसार बारामा सञ्चालनमा आइसकेको नेपाल सेरामिक्स उद्योगको वार्षिक उत्पादन क्षमता दुई करोड ८२ लाख ६६ हजार स्क्वायर फिट टायल्स रहेको छ। उद्योगमा ६६ करोड २० हजार रुपैयाँको लगानी रहेको छ। साथै ९५ करोड रपैयाँको लगानीमा ८० हजार वाल तथा फ्लोर टायल उत्पादन गर्ने गरी पशुपति सिरामिक्स प्रालि दर्ता भएको छ।

images

प्रकाशित : बुधबार, वैशाख ६ २०८००६:११

प्रतिक्रिया दिनुहोस