बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

निजगढ-काठमाडौं द्रुतमार्गको अनुगमन गर्दै प्रधानमन्त्रीले भने - निर्माणमा उत्पन्न समस्या समाधान हुन्छ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
images
निजगढ-काठमाडौं द्रुतमार्गको अनुगमन गर्दै प्रधानमन्त्रीले भने - निर्माणमा उत्पन्न समस्या समाधान हुन्छ

काठमाडौंलाई देशको पूर्वी भाग तथा मधेशसँग जोड्ने द्रुतमार्गको लम्बाइ ५५ दशमलव पाँच किलोमिटर, १० दशमलव छ किलोमिटर पुल तथा ६ दशमलव पाँच किलोमिटर सुरुङ रहेको छ।

images
images

बागमती- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ-काठमाडौं द्रुतमार्गको अवलोकन अनुगमनका लागि आज मकवानपुरको बकैया गएका छन्।

images
images
images

सो अवसरमा उनले बकैया-५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गरे। प्रधानमन्त्री दाहालले बकैया-५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गरेका हुन्।

अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणको काम सन्तोषजनक रहेको बताए। उनले द्रुतमार्ग देशको अति महत्वपूर्ण आयोजना भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको बताए।

images

प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणमा उत्पन्न समस्या समाधान गरिने बताए। यससँग सम्बन्धित आवश्यक विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सहजीकरण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो।

images

'यस मार्गको निर्माणको अवस्थाबारे नेपाली सेनाबाट मैले धेरै जानकारी लिइसकेको छु', प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालले राजदमारसहित बकैयाको लेनडाँडास्थित सुरुङमार्ग तथा भीमफेदी-८ महादेवटारमा निर्माणाधीन सुरुङमार्गको पनि स्थलगत अनुगमन गरेका हुन्।

झण्डै चार वर्ष अगाडि मन्त्रिपरिषद्‌बाट विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पारित भएपछि नेपाली सेनाले काम थालेको हो।

काठमाडौंलाई देशको पूर्वी भाग तथा मधेशसँग जोड्ने द्रुतमार्गको लम्बाइ ५५ दशमलव पाँच किलोमिटर, १० दशमलव छ किलोमिटर पुल तथा छ दशमलव पाँच किलोमिटर सुरुङ रहेको छ। निर्माण सम्पन्न गर्न करिब दुई खर्ब १५ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। रासस 


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend