सोमबार, असोज ८ गते २०८०    

लहरे तरकारी खेतीको उत्पादन बढाउन ‘थ्री जी कटिङ’

images
बिजनेस न्युज
लहरे तरकारी खेतीको उत्पादन बढाउन  ‘थ्री जी कटिङ’

‘थ्री जी कटिङ’ प्रविधिबाट तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ।

images

नेपालगञ्ज- बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन्। 

images

कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी फूलको संख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिँदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आकर्षित भएको बताए। 'अधिकांश अगुवा किसानले यस्तो प्रविधिमा चासो दिनुभएको छ', उनले भने।

images

वागवानी अधिकृत यादवले किसानले प्रयोग गर्ने मल, सिँचाइको प्रबन्ध र कीटनाशक औषधिको प्रयोगका आधारमा ६ देखि १० गुणा बढी उत्पादन लिन सकिनेमा जोड दिँदै लहरे बालीको पुस्तान्तरणबाट किसानले उत्पादनमा वृद्धि गर्न सक्ने उल्लेख गरे। 

images

जिल्लाको डुडुवा गाउँपालिका-४ र ५, खजुरा गाउँपालिकाका केही वार्डमा यो प्रविधिबाट किसानले लाभ लिएका छन्। उनी भन्छन्, 'बाँकेमा लहरे तरकारी बालीमा यसलाई नयाँ प्रविधि मानिएको छ।' यादवले टमाटरमा सबैभन्दा पहिले सो प्रविधि बाँकेमा अपनाइएको उल्लेख गर्दै जिल्लामा करिब चार वर्षदेखि किसानले अभ्यास गरेको बताए।

images

खजुरका किसान पदम रानाले अहिले लौकामा यो प्रविधि अपनाइएको उल्लेख गर्दै सो प्रविधि प्रभावकारी भएको अनुभव सुनाए। उनले उत्पादन बढाउन मल र सिँचाइको व्यवस्थापनसँगै फल समयमा नै टिप्न आग्रह गर्दै एउटै लौकाको पातबाट तीन फल लाग्ने जानकारी दिए। 'जनसंख्या बढाउन सकिन्छ तर व्यवस्थापनमा पनि गम्भीर हुनुपर्छ', किसान रानाले भने।

यो प्रविधिबाट तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ। बिरुवाको तेस्रो पुस्ताको हाँगामा फल फलाउने विधिलाई ‘थ्री जी कटिङ’ प्रविधि मानिएको हो। रासस 

images

प्रकाशित : मंगलबार, वैशाख ५ २०८००२:५६
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ