बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

प्रतिकूल मौसमले दाङमा घट्यो मह उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
images
प्रतिकूल मौसमले दाङमा घट्यो मह उत्पादन

दाङमा उत्पादित शुद्ध मह कृषकका घरमा थन्किएको छ। बजारमा अनधिकृत महलाई विभिन्न नाममा बजारीकरण हुने गरेपछि स्थानीय मह बजार पाउन समस्या भएको छ। यसै पनि गुणस्तर नचिनेर मह खाने परिपाटीले शुद्ध मह बिक्रीमा समस्या छ।

images
images

घोराही- दाङमा यो वर्ष मह उत्पादन घटेको छ। मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो। यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ। गत वर्ष जिल्लामा करिब चारसय ५० टन मह उत्पादन भएको थियो। 

images
images
images

पछिल्ला वर्षमा वायु प्रदूषण र जथाभावी बोटबिरुवा मासिँदै जाँदा त्यसको असर मह उत्पादनमा समेत देखिएको घोराही उपमहानगरपालिका-१६ सर्रामा २०६१ सालदेखि नियमित रुपमा मौरीपालन गर्दै आएका दाङ हनी प्रोडक्सनका रामहरि शर्माले बताए। दाङको घोराही क्षेत्रमा चिउरीको पुष्परस र तुलसीपुर क्षेत्रबाट तोरीको पुष्परसबाट मह उत्पादन धेरै हुने गरेको उनको भनाइ छ।

'पछिल्ला वर्षहरुमा प्लटिङ बढेको, फूल फुल्ने रूख कटान हुने गरेको तथा प्राकृतिक समस्याले उत्पादनमा चुनौती थपिएको छ', उनले भने, 'पर्याप्त स्रोत पुर्‍याउन मौरीमय बिरुवा रोपणमा ध्यान दिनुपर्ने बेला भएको छ। मौरीपालनका लागि सबैभन्दा महत्वपूर्ण कुरा उनीहरुको स्रोतको विकास हुनुपर्छ।'

images

नेपाल मौरीपालक महासंघ दाङका अनुसार मह उत्पादन घटे पनि मौरीको घार र कृषकको सङ्ख्यामा कमी नआएको हो। पछिल्लो समय भारतीय बजारबाट आएको कम गुणस्तरको महका कारण यहाँका मौरीपालक किसान मारमा परेको २० वर्षदेखि मौरीपालन गर्दै आएका तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुरका चेतमान भण्डारीको भनाइ छ।

images

मौरीपालनमा लाग्ने खर्चको अनुपातमा लगानी उठाउन निकै संघर्ष गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। मौरीपालक किसानका समस्याका बारेमा राज्य गम्भीर हुन नसकेको किसानको दुखेसो छ। अझै पनि राज्य र आम नागरिक वर्गमा मौरीपालक किसानले महकै लागि मात्रै पालेका हुन् भन्ने बुझाइले समस्या थपिएको उनीहरुको अनुभव छ।

मौरीले महको स्रोतबाट २० प्रतिशत महका लागि र ८० प्रकृति संरक्षणका लागि योगदान हुने गरेको दाबी गर्छन् घोराही-१७ गुलरियामा १७ वर्षदेखि मौरीपालन गर्दै आएका मदन न्यौपाने।

दाङमा उत्पादित शुद्ध मह कृषकका घरमा थन्किएको छ। बजारमा अनधिकृत महलाई विभिन्न नाममा बजारीकरण हुने गरेपछि स्थानीय मह बजार पाउन समस्या भएको छ। यसै पनि गुणस्तर नचिनेर मह खाने परिपाटीले शुद्ध मह बिक्रीमा समस्या छ। नेपाल मौरीपालक महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले पहाडी क्षेत्रमा उत्पादन हुने मह आफैँमा अग्र्यानिक हुने तथा कुनै पनि शुद्ध मह जम्ने हुँदा शुद्ध पहिचान गरेर खरिद गर्न आग्रह गर्छन्।

यो पटक असोजको पानीले चिउरी फुलेन। चैतको पानीले सिसौको फूल बिगार्‍यो। हिउँदमा पानी परेन। गोभी तोरी भएन। ६ महिना जिल्लाबाहिर चरनका लागि लैजानुपर्ने बाध्यता भोग्दै आएका किसानमध्ये एकसय ५० माहुरीपालक महासंघ दाङमा आबद्ध छन् भने १५ हजार बढी घार मौरी छन्। गत वर्षकै १० टन बिक्री गर्न नसकेका किसानको यो वर्ष  पनि सय टन बढी मह मौज्दात छ। दाङमा आधुनिक एपिस मेलिफेरा, स्थानीय एपिस सेरेना, खागोलगायत जातका मौरीपालन हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००७:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend