शुक्रबार, चैत १६ गते २०८०    
images
images

फ्लाइङ स्कुलमार्फत नेपालमै वार्षिक ५० पाइलट उत्पादनमा तम्सिए क्याप्टेन जनक अधिकारी

फ्रेन्च कम्पनीमा सहकार्यमा सिमुलेटर तालिम

images
images
फ्लाइङ स्कुलमार्फत नेपालमै वार्षिक ५० पाइलट उत्पादनमा तम्सिए क्याप्टेन  जनक अधिकारी

अधिकारीले वार्षिक ५० जना पाइलट उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाएको उल्लेख गरे। उनले पाइलट अध्ययनका लागि युरोपबाट नै ब्रान्ड न्यू जहाज ल्याउने तयारीसमेत अन्तिम चरणमा पुगेको बताए।

images
images

काठमाडौं- पाइलट अध्ययनका लागि नेपालबाट वार्षिक १ सय ५० जनाभन्दा बढी विदेश जाने गरेका छन्। मुख्यत: नेपालबाट पाइलट पढ्नका लागि अमेरिका, युरोप तथा अफ्रिका नै गइरहेका छन्। एक जना नेपालीले विदेशमा पाइलट पढ्न जाँदा १ करोड रुपैयाँसम्म खर्च गरिरहेका छन्।

images
images
images

यसरी पाइलट पढ्न विदेश जानेको इच्छा पुरा गर्दै आएका पाइटल जनक अधिकारीको टीमले नेपालमै पाइलट अध्ययन स्कुल स्थापनका लागि जुटेका छन्। अधिकारीको अहिले सञ्चालनका रहेको गिता एभिएनस कम्पनीले नेपालमा उडान गरिरहेका वायुसेवाकम्पनीहरुसँग सहकार्यमा काम समेत भइरहेको छ।

images

उनै अधिकारीले शुभम् एभिएसन प्रालिको नाममा पाइलट अध्ययन गराउने लक्ष्य सहित अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा २०७८ सालमै निवदेन दिएका थिए। अधिकारीले निवेदन दिँदा कानूनी समस्या थियो। तर मन्त्रालयले कानूनी समस्या समाधान गरेर फ्लाइङ स्कुल स्थापनका लागि अनुमति पाएका छन्।

images
images

अधिकारीले  भरतपुरलाई आधार बनाएर स्कुल स्थापनका लागि अनुमति मागिएको बताए। तर स्थान भने अहिले नै थाह नभइसकेको उनले बताए। अधिकारीले वार्षिक ५० जना पाइलट उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाएको उल्लेख गरे। उनले पाइलट अध्ययनका लागि युरोपबाट नै ब्रान्ड न्यू जहाज ल्याउने तयारीसमेत अन्तिम चरणमा पुगेको बताए। युरोप स्टान्डर्ड तालिम दिने हो। म एउटा पाइलट भएकै कारणा तालिमका कुनै कम्पर्माइज नहुने अधिकारी बताए। 

शुभम् एभिएसनबाट दर्ता भएपनि स्कुल सञ्चालन भने गिता एभिएसनबाट हुने अधिकारीले बताए। कम्तिमा ५ वटा जति जहाज ल्याउनेसमेत उनको भनाइ छ। ३ महिनामा नै सबै प्रक्रिया पुरा गरेर अध्ययन सुरु गर्ने अधिकारी बताए। 

अहिले नेपालबाट डेढ अर्ब रुपैयाँ पाइलट अध्ययनका लागि नै बाहिरिरहेको छ। त्यसमा पनि नेपालमै अध्ययन गराउन सकेको अवस्थामा विदेशमा गएर अध्ययन गर्न लाग्ने शुल्कमा ३५ देखि ४० प्रतिशत कम हुने र आफ्नो भूगोल मा अध्ययन गर्न पाइने अधिकारी बताउँछन्। 

नेपाल विदेशीका लागि समेत उत्तम विकल्प रहेको छ। नेपालको मौसम तथा हावापानी र भौगोलिक वनावट पनि मिलेको अधिकारी बताउँछन्। अर्को विशेषता अधिकारीको कम्पनीले अफ्रिका पाइलट अध्ययन गर्न गएका नेपाली विद्यार्थीको समेत नेपालबाट नै व्यवस्थापनको काम गरिरहेको छ। अहिले नेपाली एयरलाइन्सक कम्पनीको फ्लाइट तालिममा समेत अधिकारीको कम्पनीले सहकार्य गरिरहेको छ। 

फ्लाइट तालिकका लागि पनि बाहिर नै जानु पर्छ। यसलाई सिमुलेटर तालिम भनिन्छ। यसको तालिमका लागि आवश्कय मेसिन करोडौं मूल्य पर्छ। यसका लागि भने फेन्च कम्पनीसँगको सहकार्य नेपालममै गर्ने गरी एटीओ (एयरक्राफ्ट अप्रभु ट्रेनिङ अर्गनाइजेसन)को अनुमतिसमेत लिन अधिकारी बताउँछन्। 

यो नेपाल आएपछि पाइलट अध्ययन सेकेका पाइलटहरुले उडानका लागि तालिम लिने हो। साथै उडानमा रहेका पाइलटहरुले ६/६ महिनामा लिने तालिम हो। यसका लागि पनि अहिले पाइलटहरु विदेश नै गइरहेका छन्। यसका लागि पनि हामीले काम गरिरहेका छौं। पाइलट स्कुलका लागि ४० देखि ५० करोड लगानी  हुने अधिकारी बताउँछन्। 

पाइटल अध्ययनमा ३५ देखि ४० प्रतिशत कम लागत हुनेसँगै सिमुलेटर तालिममा जाने पाइलटले खर्च गर्ने १५ लाख समेत नेपालमै रहने उनको भनाइ छ। अधिकारी अहिले सौर्य एयरलाइन्सका पाइलटसमेत हुन्।

images

प्रकाशित : सोमबार, वैशाख ४ २०८००७:३७

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ