शनिबार, वैशाख २२ गते २०८१    
images
images

परम्परागत सीपको संरक्षणसँगै आर्थिक आम्दानी

images
images
images
परम्परागत सीपको संरक्षणसँगै आर्थिक आम्दानी

हस्तकलाका सामग्री धेरैले मन पराउने गरे पनि अन्य सामग्रीको तुलनामा महँगो भन्ने गरेको उपाध्यक्ष राजकुमारी बताउँछिन्। 

images
images

घोराही- सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका-७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समय बदलिएको छ। गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुक्के, ढकिया, चटकी र गमलालगायतका हस्तकलाका सामग्री बनाउने र बेच्ने काममा उनको समय बित्छ।

images
images
images

दुई वर्षअघि समूह गठन गरेर सीप सिकेका राजकुमारीलगायतका थारु समुदायका महिला परम्परागत सीपको संरक्षणसँगै आर्थिक आम्दानीमा लागेका छन्।  

images

अचेल आफ्नै जिल्लाका विभिन्न ठाउँमा लाग्ने मेला तथा महोत्सवमा गएर बिक्री गर्ने गरेको लगनशील मुन्स उत्पादन समूहकी उपाध्यक्षसमेत रहेकी राजकुमारीले बताइन्। उत्पादित सामग्री मेला तथा महोत्सवमा बिक्रीका लागि लैजाँदा आर्थिक आम्दानीसँगै सामग्रीको प्रचारप्रसार हुने गरेको उनी बताउँछिन्। 

images

'पहिले घरमा हस्तकलाका सामग्री उत्पादन गरेर काठमाडौं पठाउँथ्यौँ’, समूहकी उपाध्यक्ष राजकुमारीले भनिन्, 'बाहिर मात्रै पठाउनु भन्दा आफै बिक्री गरौँ भनेर पछिल्लो समय लागेका छौँ।' पहिले घरको काम गरेर दिनभरि खेर जाने समय सीप सिकेर हस्तकलाका सामग्री बनाउन थालेपछि समयको बचतसँगै आर्थिक आम्दानी हुने गरेको समूहकी सदस्य रीता चौधरीले बताइन्। उनका अनुसार गाउँका ३० जना महिलाको समूहले दुई वर्षदेखि संगठित रुपमा हस्तकलाका सामग्री उत्पादन गर्दै आएका छन्।

images
images

'घरको काम हुँदा घरको काम गर्छौँ, फुर्सदको समयमा काँस र मुञ्जबाट हस्तकलाका सामग्री बनाउँछौँ', समूहकी सदस्य रीताले भनिन्, 'हस्तकलाका सामग्री जुटाउनेदेखि बनाउने र बजारीकरणसमेत आफै गर्ने गरेका छाैँ।' महिलाले  हस्तकलाका सामग्री उत्पादनका लागि आवश्यक कच्चापदार्थ देउखुरीको राप्ती नदीसँगै अपुग कच्चापदार्थ कपिलवस्तुबाट ल्याउछिन्। हस्तकलाका सामग्री धेरैले मन पराउने गरे पनि अन्य सामग्रीको तुलनामा महँगो भन्ने गरेको उपाध्यक्ष राजकुमारी बताउँछिन्। 

'हस्तकलाका सामग्री बनाउँदा लागेको मेहनत अनुसार मूल्य महँगो होइन तर बजारमा पाइने प्लास्टिकका सामग्रीको मूल्यभन्दा केही महँगो भने हो', हस्ताकलाका सामग्री आकर्षक, बलिया र हलुका हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उनले बताइन्।

सिसहनियाका राजकुमारी र रीता जस्तै राप्ती र गढवा गाउँपालिका ९० जना महिला तीन वटा समूह बनाएर हस्तकलाका सामग्री उत्पादनमा लागेका छन्। उनहरुलाई तालिमदेखि उत्पादित सामग्रीको बजारीकरणका लागि स्वच्छ व्यवसायी समूह नेपाल र स्वान नेपाल संस्थाले सहयोग गरेपनि पछिल्लो समय आफै गर्न लागेका छन्।

लगनशील मुन्स उत्पादन समूहसँगै राप्ती गाउँपालिका-६ मै मिलिजुली मुञ्ज उत्पादन समूह र गढवा गाउँपालिका थारू समुदायका महिला मनकामना मुञ्ज उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा हस्तकलाका सामग्री उत्पादनमा लाग्नुभएको छ। रासस

images

प्रकाशित : सोमबार, वैशाख ४ २०८०१०:१९

प्रतिक्रिया दिनुहोस