बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

images
सोमबार, वैशाख ४ २०८०
images
images
कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिए।

images
images

काठमाडौं- कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन सुरु भएको छ। 

images
images
images

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो। 

कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिए। उनले भने, 'नामाकरण भएर परामर्शदातामार्फत अध्ययन सुरु भइसकेको छ अध्ययनको निष्कर्षका आधारमा आवश्यक संरचना बनाउनुपर्ने छ।'

images

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताए। ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनिकरण हुनसक्छ त्यो गरिने उनको भनाइ छ। उनले भने, 'आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ।'

images

कपन-बुढानिलकण्ठ क्षेत्रमा अध्ययन सुरु भएपनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ। चालु आवमा निर्माणका लागि बजेट बिनियोजन भइसकेको छैन। गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो। आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भएपछि काम सुरु हुने उनको भनाइ छ। 

शङ्खमुलको दोभानबाट कपनसम्म धोबीखोलाको दुवैतर्फ करिडोर निर्माण गर्ने गरी सुरु भएको आयोजनाको कार्यक्षेत्र बिस्तार गरिएको हो। करिडोर निर्माण सकिँदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो। 

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्ययले काठमाडौं महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला करिडोरको निर्माण सुरु गरेको थियो। विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालिन काठमाडौं उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ। 

सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आएका छन्। पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना सुरु भएपनि पछिल्लो समयमा कार्यक्षेत्र बिस्तार गरिएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख ४ २०८००६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend