शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

यामाहा एरोक्स १५५ : नेपालको सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर 

images
आइतबार, वैशाख ३ २०८०
images
यामाहा एरोक्स १५५ : नेपालको सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर 

यो स्कुटरको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ। 

images
images

काठमाडौं- यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री सुरु गरेको छ। विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ। प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्नेछ। 

images
images
images

यामाहा एरोक्स १५५ मा  लिक्विड कुल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कुटर बनाउँछ। यसको १५५ सीसीको आ डीएनए इन्जिनले १५ पीएस पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ।

images
images

अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ। 

images
images

एरोक्स १५५ को ५.८ इन्च एलसीडी  इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, आरपीएम र भीभीए सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ। स्कुटरमा यामाहा वाइ कनेक्ट जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ। यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ। 

स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ। यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्दछ। जस्तै भीभीए, इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप-स्टार्ट गर्ने विधी, र परिष्कृत सुरक्षाको लागि  एबीएससँग फ्रन्ट डिस्क ब्रेक।

एरोक्स १५५ को गुणस्तरीय सामग्रीहरूले स्थायित्व र निर्भरता सुनिश्चित गर्दछ, जसले भरपर्दो र दीर्घकालीन स्वामित्व प्रदान गर्दछ। यामाहा एरोक्स १५५ तीन फरक रंगहरूमा रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याकमा उपलब्ध छ। यो स्कुटरको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ। 

बिक्री प्रारम्भको अवसरमा  एमएडब्लू इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो। यसले नयाँ र अनुभवी राइडरहरु दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड  स्थापित गरेको उनले बताए। यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुई पाङ्ग्रे सवारी साधन प्रेमीहरूले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा आफू विस्वुत रहेको क्षेत्रीको भनाइ छ। 


प्रकाशित : आइतबार, वैशाख ३ २०८०१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend