शुक्रबार, असोज ४ गते २०८१    
images
images

नक्कली नोटसहित एक जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
images
images
नक्कली नोटसहित एक जना पक्राउ

पक्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली रुपैयाँ र दुई लाख ८० हजार ९२९ भारतीय नोट प्रहरीले बरामद गरेको छ। 

images
images

महोत्तरी- नक्कली नोटसहित फेरि एकजना पक्राउ परेका छन्। जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका-९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो।

images
images
images

यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । आज पक्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली रुपैयाँ र दुई लाख ८० हजार ९२९ भारतीय नोट प्रहरीले बरामद गरेको छ। 

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशङ्कामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिए।

पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको छ। आज पक्राउ परेका महतो भारत/नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका र उनलाई र  उनीसँग बरामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी छ। गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका जिल्लाका हुन्। 

images

आज बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने एकीन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो। सामान्य प्रचलनमा रहेका नेपाली एकहजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend