बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

रंगेहातमा सफाइ पाएका पोख्रेल फेरि परे अख्तियारको फन्दामा 

मुद्रण केन्द्रमा रहँदा साढे ४९ करोड भ्रष्टाचार गरेको आरोप

images
आइतबार, वैशाख ३ २०८०
images
images
रंगेहातमा सफाइ पाएका पोख्रेल फेरि परे अख्तियारको फन्दामा 

सफाइ पाएपछि पुनः यातायात व्यवस्था विभागमै प्राविधिक निर्देशकको रुपमा जान प्रयास गरेका पोख्रेललाई निकटस्थ र साथीभाइले त्यहाँ नजान सुझाव दिए। त्यसपछि उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा भए। लामो समय सोही मन्त्रालयमा काम गरेका पोख्रेल हाल वन तथा वातावरण मन्त्रालयमा मेकानिकल इन्जिनियरका रुपमा कार्यरत थिए। 

images
images

काठमाडौं- एक जना कर्मचारीले एक पटक भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेर सफाइ पाएपछि फेरि त्यस्तै कर्म गर्छ? भन्दा सबैको जवाफ एउटै आउँछ, गर्दैन। तर नेपाल सरकारका एक इन्जिनियरको हकमा भने 'गर्छ' भन्ने तथ्य आएको छ। 

images
images
images

यातायात व्यवस्था विभागका तत्कालीन प्रविधिक निर्देशक नवीनकुमार पोख्रेल २०७२ पुसमा कार्यालयमै रंगेहात पक्राउ परेका थिए। विद्युतीय साइकल आयात गर्दा प्रतिसाइकल ५ हजार रूपैयाँमा डिल गरेको र विभागमा ८५ हजार रूपैयाँसहित पोख्रेललाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।

रंगेहात पक्राउ परेर सफाइ पाउने भाग्यमानी कर्मचारी बनेका पोख्रेल पुनः अख्यिारको फन्दामा परेका छन्। 

images

अख्तियारको टोलीले विभागका प्राविधिक निर्देशक पोख्रेललाई नयाँ बानेश्वरस्थित विभागको कार्यालयबाट नियन्त्रणमा लिएको थियो। पोख्रेललाई १ लाख ८० घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले उल्लेख गरेको थियो। 

images

एभन साइकल लिमिटेडको विद्युतीय स्कुटर ल्याउन नेपालगञ्ज भन्सार कार्यालयले यातायत व्यवस्था विभागको सिफारिस माग गरेकोमा उक्त सिफारिस बनाउन निर्देशक पोख्रेलले प्रतिस्कुटर ५ हजारका दरले ३६ वटा स्कुटरको सिफारिसबापत १ लाख ८० हजार घुस लिएको अख्तियार उतिबेला जनाएको थियो। 

विभागको प्राविधिक निर्देशकको पदमा जानका लागि उनले राम्रै पापड बेलेको आरोप उनीमाथि लागेको थियो। विभाग आएको केही महिनामै सवारी आयात गर्न अतिरिक्त पैसा मागेको र आयातकर्ताले विभागमै पुगेर घुसबापत ८५ हजार रूपैयाँ दिएका थिए। त्यही क्रममा तत्कालीन समयमा अख्तियारको स्टिङ अप्रेसनको नेतृत्व गर्दै आएको डीएसपी हिमालय श्रेष्ठको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।

पक्राउ परेका पोख्रेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। एकै समयमा उस्तै प्रकृतिको मुद्दामा रंगेहात पक्राउ परेका दुई उपसचिव मध्ये एक दोषी ठहर हुँदा पोख्रेलले भने सफाइ पाएका थिए। नवीन पोख्रेलले २०७३ को मध्यतिर सफाइ पाएका थिए। 

सफाइ पाएपछि पुनः यातायात व्यवस्था विभागमै प्राविधिक निर्देशकको रुपमा जान प्रयास गरेका पोख्रेललाई निकटस्थ र साथीभाइले त्यहाँ नजान सुझाव दिए। त्यसपछि उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा भए। लामो समय सोही मन्त्रालयमा काम गरेका पोख्रेल हाल वन तथा वातावरण मन्त्रालयमा मेकानिकल इन्जिनियरका रुपमा कार्यरत थिए। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तर्फबाट सुरक्षण मुद्रण केन्द्रमा कार्यरत रहदा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार पोख्रेललाई समेत मुद्दम दायर गरेको हो। अख्तियारले मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि रहेका हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत मेकानिकल इन्जिनियर नवीनकुमार पोख्रेलसहित ९ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार र पोख्रेलविरुद्ध ४९ करोड ४६ लाख ३५ रूपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको हो। उनीहरु विरुद्ध ‘नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानि नोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा  दफा ३५ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’ अख्तियारले जनाएको छ।

यसअघि रंगेहात पक्राउ परेर विशेष अदालतबाट सफाइ पाएका पोख्रेल अहिले करिब साढे ४९ करोड रूपैयाँ बिगोसहितको फान्दामा परेका छन्। विगतमा विशेष अदालतमा आफन्त भएका कारण छिटो त्यो पनि आफ्नै पक्षमा फैसला गराएर सफाइ पाएका पोख्रेल यो पटक भने सफाइ पाउन सक्क्षम हुन्छन् वा दोषी ठहरिन्छन्, त्यो भने विशेषले मुद्दाको किनारा नलगाउँदासम्म पर्खनु पर्नेछ।  


प्रकाशित : आइतबार, वैशाख ३ २०८०१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend