बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नबिल बैंकका सीईओ ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३ २०८०
images
images
नबिल बैंकका सीईओ ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित 
images
images

काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक नयाँ वर्षमा वितरण गरिएको हो।

images
images

लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्।

images
images

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याउने विदेशी नागरिकलाई यो विभूषण दिइने व्यवस्था छ। 

images
images

बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव संगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ भएका थिए। त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए।

राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए। भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन्। 


प्रकाशित : आइतबार, वैशाख ३ २०८०११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend