बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

महासंघका नवनिर्वाचित अध्यक्ष ढकालले गरे पदबहाली

images
आइतबार, वैशाख ३ २०८०
images
images
महासंघका नवनिर्वाचित अध्यक्ष ढकालले गरे पदबहाली

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताएका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले पदबहाली गरेका छन्। आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष ढकालले पदबहाली गरेका हुन्।  

images
images
images

यसअघि वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधानअनुसार स्वतः अध्यक्ष निर्वाचित भएका थिए। ढकालले गत बिहीबार नै निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। 

पदबहालीपछि अध्यक्ष ढकालले साना व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको उल्लेख गरे। उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेका कामलाई व्यवसायको रूपमा काम गर्दा सफल हुने उनको भनाइ छ।  

images

अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमानदारीका साथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्नसक्ने बताए। उनले कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले साना व्यवसायीहरूको महासंघमा प्रतिनिधित्व हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

images

उनले अहिलेको आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताए। ढकालले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरू सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने उल्लेख गरे। 

उनले सरकार र निजी क्षेत्रबीच साझेदारी गर्‍यो भने मात्रै व्यावसायिक गतिविधिहरू बढ्ने भन्दै सरकार र निजीक्षेत्रबीचको साझेदारी बढाउने प्रतिबद्धता जनाए। उनले नेपाल सरकार र दातृ नियकासँग समन्वय गरी मुलुकभित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताए।

उनले पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए। 


प्रकाशित : आइतबार, वैशाख ३ २०८००८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend