काठमाडौं- बीमा कम्पनीमध्ये गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने गुँरास लाइफ इन्सुरेन्स कम्पनीले पहिलो बनेको छ। कम्पनीले ५.५० प्रतिशत बोनस र ०.२८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीले मंसिर १० मा साभारणसभा गर्नेसमेत निर्णय गरेको छ। कम्पनीले कात्तिक २३ गतेपछि बुक क्लोजको मिति समेत तय गरेको छ। गत वर्ष प्रतिशत बोनस सेयर दिएको कम्पनीले यसवर्ष भने ५.५० प्रतिशत मात्रै दिन लागेको हो।