शुक्रबार, असोज ४ गते २०८१    
images
images

डिजिटल वित्तीय सेवालाई बेवास्ता गर्न सकिँदैन : गभर्नर अधिकारी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
images
images
डिजिटल वित्तीय सेवालाई बेवास्ता गर्न सकिँदैन : गभर्नर अधिकारी

नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन्। 

images
images
images

बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा प्रभु बैंकसँगको सहकार्यमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्। 

उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्ने बताए। उनले क्यूआर कोर्डमार्फत् भूक्तानि गर्दा समयको वचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने बताए।

‘आज हामीले क्यूआरको उद्घाटन गरिरहेका छौँ, विद्युतीय माध्यमको फाइदा धेरै छ, अझ क्यूआरको फाइदा धेरै छ, समयको बचत छ, काउण्टरमा बस्ने व्यक्तिलाई पैसा दिइराख्दा पैसा गन्नुपर्छ, च्यातिएको छ कि छैन हेर्नुपर्छ, एउटा ट्रान्जेक्शन सेटल हुन समय लाग्छ, क्यूआरबाट किन्यौँ, केही झन्झट नै छैन, क्यासको कारोबारमा बैंकसम्म पुग्नुपरेन, एक जनासँग कारोबार गर्दा क्यूआरबाट पाँच जनासँग कारोबार गर्न सकिन्छ' गभर्नर अधिकारीले भने, 'डिजिटल फाइनान्सियल सर्भिसलाई इग्नोर गरेमा कहिल्यै पनि अघि बढ्न सम्भव हुँदैन। नेपाल राष्ट्र बैंकले यसलाई प्रोत्साहित गरिरहेको छ, सबैले आफ्नो ठाउँबाट काम गर्ने हो भने डिजिटल नेपालको अभियान चाँडै नै पूरा गर्नेछौँ, हामीले एक खालको इको सिस्टम बनाउनुछ।'

images

गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उनले क्यूआर कोर्डको महत्व नेपालको राष्ट्रिय हितको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए। 


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend