बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

चैत महिनामै बैंकहरूमा ४९ अर्ब निक्षेप थपियो, ब्याजदर समेत घट्दो ट्रेण्डमा

आइतबार, वैशाख ३ २०८०
चैत महिनामै बैंकहरूमा ४९ अर्ब निक्षेप थपियो, ब्याजदर समेत घट्दो  ट्रेण्डमा

काठमाडौं- वित्तीय प्रणालीमा निक्षेप लगातार थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म  वित्तीय प्रणालीमा निक्षेप ५४ खर्ब ४९ अर्ब पुगेको छ। चैतमा मात्रै ४९ अर्ब निक्षेप थपिएको छ। 

चैत १ गते वित्तीय संस्थाहरुको निक्षेप ५४ खर्ब रहेको थियो। त्यसयता ४९ अर्ब निक्षेप बढेकोे हो। चैत महिनाभरी ऋण लगानी भने १७ अर्ब मात्रै भएको छ। 

यता चैत १ मा ४८ खर्ब १२ अर्ब ऋण प्रवाह पुगेकोमा थपिएर ४८ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। यता सीडी रेसियो पनि ८५.३५ प्रतिशतमा झरेको छ। साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८५.३५ प्रतिशतमा आएको छ।

यसले बैंकहरूले ऋण लगानी गर्न सक्ने देखिएको छ। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मे हम्मे परेको थियो।  यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। 

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। चैत ४९ अर्ब निक्षेप थपिएको छ। 

पछिल्लो तथ्यांक हेर्ने हो भने ब्याजदर पनि घट्दै गएको छ। पछिल्लो समय बैंकहरूको ब्याजदर चर्को भएको भन्दै व्यवसायीहरू सडक आन्दोलन गरिरहेका छन्। दुर्गा प्रसाईं जस्ता विवादास्पद व्यवसायीले पनि बैंकविरुद्ध अराजक गतिविधि गरिरहेका छन्।

बाहिर चर्चामा आएजस्तो बैंकको ब्याजदर महँगो नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए। नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरिसकेका छन्।

संघको बैठकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले  घटाउने निर्णय गरेको थियो। केसीका अनुसार निक्षेप बढ्दै गएपछि ब्याजदर स्वतह घट्दै जाने समेत उनको भनाई छ।

बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको हो। त्यस्तै बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत रहने छ। त्यस्तै बैठकले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ।

ऋणको ब्याजदर भने गत माघको घटेको दरअनुसार समायोजन हुनेछ। बैंकहरूले गत माघमा ब्याजदर घटाएका थिए। १२.१३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए।  


प्रकाशित : आइतबार, वैशाख ३ २०८००२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend