बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

३६५ मिटर लामो पुल निर्माण भएको पाँच वर्षपछि उद्घाटन

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २ २०८०
images
images
३६५ मिटर लामो पुल निर्माण भएको पाँच वर्षपछि उद्घाटन

दुई करोड ७९ लाख ९० हजार रूपैयाँकाे लागतमा पुल निर्माणका लागि मुक्तिनाथ/श्री गीता जेभीलाई ठेक्का लगाएको थियो। विसं २०७३ असार ३१ गतेदेखि निर्माण सुरु भएको उक्त पुल २०७४ चैत ३० गते निर्माण सम्पन्न भएको थियो।

images
images

बेनी- म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुंगे पुलको उद्घाटन गरिएको छ।

images
images
images

दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो।

नयाँ वर्षको अवसर पारेर रघुगंगा गाउँपालिका-१ बेगले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी, विमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनोटमा भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले संयुक्तरूपमा पुल उद्घाटन गरेका थिए।

images

पुल निर्माण सकिएको भए पनि बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायले पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थललगायत पूर्वाधार निर्माण गरिरहेकाले निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए।

images

बेनी-जोमसोम सडकखण्डको तिप्ल्याङबाट बाँदुक-बेग हुँदै पर्यटकीयस्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी उक्त पदमार्ग धवलागिरि आइसफल पदमार्गमा जोड्ने योजना बनाइएको उनले बताए।

बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको उक्त झोलुंगे पुल एक सय ४८ मिटरभन्दा बढी अग्लो छ। तत्कालीन जिल्ला विकास समितिले दुई करोड ७९ लाख ९० हजार रूपैयाँकाे लागतमा पुल निर्माणका लागि मुक्तिनाथ/श्री गीता जेभीलाई ठेक्का लगाएको थियो। 

विसं २०७३ असार ३१ गतेदेखि निर्माण सुरु भएको उक्त पुल २०७४ चैत ३० गते निर्माण सम्पन्न भएको थियो। झोलुंगे पुल निर्माण भएपछि बाँदुक र बेगगाउँसम्म आवागमन गर्न लाग्ने करिब तीन घन्टाको यात्रा ३० मिनेटमै छोटिएको छ।

दुई गाउँलाई जोड्ने पुल सञ्चालनमा आएपछि भिर र खोलानालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ। रासस


प्रकाशित : शनिबार, वैशाख २ २०८००८:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend