बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

मौलाकाली केबलकार सञ्चालनमा : ५ मिनेटमै मन्दिर पुग्न सकिने, कति लाग्छ शुल्क

images
शुक्रबार, वैशाख १ २०८०
images
images
मौलाकाली केबलकार सञ्चालनमा : ५ मिनेटमै मन्दिर पुग्न सकिने, कति लाग्छ शुल्क

हाल केबलकारले दुइतर्फी मूल्य ५ सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए।

images
images

गैँडाकोट- नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ। नयाँवर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए। 

images
images
images

आज बिहान ६ बकजेदेखि केबलकार सञ्चालनमा आएको हो। केबलकारको बटम स्टेुनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कंडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए। 

केवलकार मार्फत मौलाकाली  मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिने छ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन्। हाल केबलकारले दुइतर्फी मूल्य ५ सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए।

images

उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३ सय ३० रुपैयाँ, विद्यार्थीहरुको लागि ४ सय १५ रुपैयाँ जेष्ठ नागरिकहरुको लागि ४ सय १५ रुपैयाँ र फरक क्षमता भएकाहरुको लागि २ सय ७५ रुपैयाँको टिकट दर राखिएको छ।

images

केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा कमका बालबालिकाहरुको लागि नि:शुल्क सेवा दिने जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख १ २०८००९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend