सोमबार, वैशाख २४ गते २०८१    
images
images

साढे ५ वर्षमै ५ लाख टाटा नेक्सन एसयूभी बिक्री

images
images
images
साढे ५ वर्षमै ५ लाख टाटा नेक्सन एसयूभी बिक्री

यसमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री-स्पोक फ्ल्याट-बटम स्टिरेङ ह्वील, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन्।

images
images
काठमाडौं- टाटा मोटरसले भारतीय बजारमा ५ लाख वटा नेक्सन एसयूभी बिक्री गरेको छ। कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिङ युनिटमा निर्मित यस गाडी  सन् २०१७ बाट बजारमा ल्याइएको थियो।
 
साढे पाँच वर्षको छोटो अवधिमै  नेक्सन एसयूभीले उक्त  सफलता हासिल  गरेको हो। अझ उल्लेखनीय पक्ष भनेको ५ लाख मध्ये पछिका १  लाख केवल सात महिनामा बिक्री भएको थियो।  
 
हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको छ। सन् २०२० मा  'फेसलिफ्ट' भर्सन बजारमा आएपछि यसको बजार विस्तार झन् तीब्र  ढंगले अगाडि बढेको पाइन्छ।  
 
नेक्सनमा १२ सय सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५ सय सीसीको रेभोटर्क डिजेल इन्जिन उपलब्ध छ। पहिलो प्रकारमा  १२० हर्सपावर एवं १७० एनएमको पिक टर्कको क्षमता छ भने  दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको पिक टर्कको क्षमता छ।
 
दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र  सिक्स स्पिड एटीएमको रुपमा रहेको छ। नेक्सन एसयूभीले मारुती सुजुकी ब्रेज्ज़ा, ह्युनडाइ भेनु , किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ।
 
यसमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री-स्पोक फ्ल्याट-बटम स्टिरेङ ह्वील, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन्।
 
सर्वोत्कृष्ट  सुरक्षाको लागि नेक्सनले  ग्लोबल एनसीएपीद्वारा पाँच-तारे गाडीको मान्यता प्राप्त गरेको छ। यस गाडीले बजारमा अग्रगति लिनुको पछाडि यो  एक प्रमुख कारण हो। नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ। नेक्सन ईभी हाल भारतको सबैभन्दा बढी बिक्री भइरहेको विद्धुतीय गाडीको हो।        

टाटाको  यस वर्षको अन्त्यसम्म नेक्सनको अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना छ। यो नँया स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको कर्भ अवधारणामा आधारित छ। १२ सय सीसीको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति  १२५ हर्सपावर बराबर हुनेछ।

images

प्रकाशित : शुक्रबार, वैशाख १ २०८००८:२३

प्रतिक्रिया दिनुहोस