काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारहरुले साढे १ अर्बभन्दा बढीमा सवारी खरिद गरेको छ।
जसमा कोशी प्रदेशले २१ करोड ७५ लाख, मधेश प्रदेशले ४५ करोड ३१ लाख रुपैयाँका सवारी खरिद गरेको हो। त्यस्तै बागमती प्रदेशले ३० करोड ८ लाख र गण्डकी प्रदेशले ९ करोड २२ लाख रुपैयाँको सवारी खरिद गरेको महालेखाले जनाएको छ।
यसैगरी लुम्बिनी प्रदेशले २५ करोड ७३ लाख, कर्णाली प्रदेशले ६ करोड ८७ लाख र सुदूरपश्चिम प्रदेशले १ करोड ५५ लाख सहित आर्थिक वर्ष २०७८/७९ प्रदेश सरकारहरुले १ अर्ब ४० करोड ५१ लाख रुपैयाँको सवारीसाधन खरिद गरेको महालेखा प्रतिवेदमा उल्लेख छ।
सवारी साधन खरिद गर्दा कतिपय कार्यालयले मापदण्डको पालना गरेको नदेखिँदा मापदण्डको पालनागरी सवारी साधन खरिदमा मितव्ययिता कायम महालेखाले सुझाव दिएको छ।