काठमाडौं- नेपालमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय तोकिएको छ। बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको बिहीबारको मूल्य प्रतितोला ९१ हजार ९ सय रहने छ जसको मूल्य बुधबार ९१ हजार ५ सय तोकिएको थियो ।
त्यस्तै चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ। चाँदी बुधबार प्रतितोला एक हजार २५० मा नै कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।