बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

एक वर्षमा १ खर्ब २१ अर्ब कर छुट, बजेटसँगै अभिलेख संसदमा पेश गर्नुपर्ने महालेखाको ठहर 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३० २०७९
images
images
एक वर्षमा १ खर्ब २१ अर्ब कर छुट,  बजेटसँगै अभिलेख संसदमा पेश गर्नुपर्ने महालेखाको ठहर 

यसरी कानून नै बनाएर दिएको कर छुटको विवरण सार्वजनिक रुपमा सबैले थाहा पाउनुपर्ने र यसका लागि बजेटसँगै संसदमा अभिलेख प्रस्तुत गर्ने र अर्को त्यसरी कर छुट दिँदा पाएको लाभको विश्लेषण। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा सरकारले १ खर्ब २१ अर्ब ८१ करोड १० लाख रुपैयाँ कर छुट दिएको छ। महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार सरकारले सो छुट दिएको छ। 

images
images
images

ऐन तथा नियमन बनाएर कर छुट दिने गरिन्छ। भन्सार ऐन, आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन अनुसार नै सरकारले विभिन्न वस्तुत तथा सेवामा उपयोग तथा वर्गीकरणका आधारमा कर छुट दिँदै आएको छ। 

यसरी एक वर्षमा सरकारले भन्सार तर्फ ९७ अर्ब ३० करोड कर छुट दिएको छ भने २४ अर्ब ५० करोड आन्तरिक राजस्वमा छुट दिएको छ। कर छुट दिँदा दुईवटा काम गर्नुपर्ने महालेखाले विगतदेखि नै औँल्याउँदै आएको छ। 

images

यसरी कानून नै बनाएर दिएको कर छुटको विवरण सार्वजनिक रुपमा सबैले थाहा पाउनुपर्ने र यसका लागि बजेटसँगै संसदमा अभिलेख प्रस्तुत गर्ने र अर्को त्यसरी कर छुट दिँदा पाएको लाभको विश्लेषण। 

images

‘छुटल दिँदा दर घटबढ हुँदा पनि कुनै आधार नदिइएको। राजस्व छुट दिएका कारणले देश तथा उपभोक्ताले पाएको लाभको हिसाब राखिएको छैन’ प्रतिवेदनमा उल्लेख गरिएको छ। 

राज्यले कानून नै बनाएर कर छुट दिँदा त्यसको लाभ उत्पादन सस्तो हुनुपर्ने, जनताले रोजगारी पाउनुपर्ने र समग्रमा अर्थतन्त्रमा अभिवृद्धि हुनुपर्ने सिद्धान्तको पालना नभएको मालेखाको ठहर छ। 


प्रकाशित : बिहीबार , चैत ३० २०७९१३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend