बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

शून्यबाट सुरु गरेर व्यावसायिक सफलता चुमेका चन्द्र ढकाल बने उद्योग वाणिज्य महासंघको अध्यक्ष

images
बिहीबार , चैत ३० २०७९
images
images
शून्यबाट सुरु गरेर व्यावसायिक सफलता चुमेका चन्द्र ढकाल बने उद्योग वाणिज्य महासंघको अध्यक्ष

महासंघको नवनिर्वाचित अध्यक्षको रुपमा चन्द्र ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन गर्ने तथा स्वदेशी-विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन्। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल अध्यक्ष बनेका छन्। ५७ औँ साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेसँगै वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वत: महासंघको अध्यक्ष बनेका छन्। 

images
images
images

महासंघको विधानको व्यवस्थाअनुसार ढकाल अध्यक्ष बनेका हुन्। 

चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन्। दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका  छन्।   

images

महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आईएमई ग्रुपका संस्थापक अध्यक्ष हुन्। उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ। विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरू गरेका हुन्। 

images

विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आईएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन्। हाल आईएमई ग्रुपसँग सम्बद्ध दुई दर्जनभन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरू सञ्चालनमा छन्। 

ढकाल नेतृत्वको आईएमई ग्रुपले २० हजार जनाभन्दा बढी प्रत्यक्ष र ४० हजार जनाभन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ। 

ढकालको नेतृत्वमा आईएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ। रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरू बजारमा छन्। 

ग्लोबल आईएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आईएमई लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, आईएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आईएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरूमा आईएमई ग्रुपको प्रमुख हिस्सेदारी छ। 

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केबलकारसहितका नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन्। 

औपचारिक माध्यममार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान-सिआइपी’ बाट सम्मानित भइसकेका छन्। यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आईएमई पुरस्कृत भइसकेको छ।

सेवा तथा उत्पादनमूलक उद्योगहरूमा थप लगानी प्रवर्द्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आईएमई ग्रुपका कम्पनीहरू पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन्। 

महासंघको नव-निर्वाचित अध्यक्षको रुपमा ढकालले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन गर्ने तथा स्वदेशी-विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन्। 

वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पूरा हुनै लागेको छ। महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रबर्द्धन  प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य समेत अध्यक्ष ढकालको छ। 


प्रकाशित : बिहीबार , चैत ३० २०७९११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend