शनिबार, वैशाख २२ गते २०८१    
images
images

अञ्जन श्रेष्ठ : पुष्टकारी व्यापारदेखि महासंघ नेतृत्वसम्मको अविचलित यात्रा

images
images
images
अञ्जन श्रेष्ठ : पुष्टकारी व्यापारदेखि महासंघ नेतृत्वसम्मको अविचलित यात्रा

विगतमा खासै बाहिर नआउने गरेका अञ्जनले नाडा अटो मोबाइल एसोसिएसनको राजनीतिमा चासो दिए। नाडामा अध्यक्षसमेत भए। महासंघ वस्तुगततर्फको शक्तिशाली संस्था नाडामा नेतृत्व गरेपछि उनको महासंघको राजनीति तय भयो।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको २०६७ सालमा निर्वाचन हुँदै थियो। अञ्जन श्रेष्ठका मामा आजाद श्रेष्ठ र सुरज बैद्यबीच कडा प्रतिस्पर्धा भयो। बैद्यसँग चुनावमा आजाद पराजित भए। जसको चोट लक्ष्मी समूहले वर्षौंसम्म बिर्सन सकेन। अञ्जन श्रेष्ठका बुबा गणेशबहादुर श्रेष्ठको महासंघ राजनीतिमा खासै चासो नभए पनि मामा आजादलाई भने लक्ष्मी समूहले अध्यक्ष भएको हेर्न चाहेको थियो।

images
images
images

पोखरामा सानो व्यवसायबाट सुरु भएर काठमाडौंं आउँदा दर्जनौँ क्षेत्रमा साम्राज्य बनाइसकेको लक्ष्मी समूहका लागि महासंघ नेतृत्व ताक्नु ठूलै चुनौती थियो। बुबा गणेशबहादुर श्रेष्ठको नेतृत्वमा रहेको लक्ष्मी ग्रुपमा प्रबन्ध निर्देशकका रूपमा छोराहरू सुनिल, अञ्जन, निराजन र निराकार खटिएका छन्। अहिले महासंघको राजनीतिमा अञ्जन मात्रै छन्। 

images

तत्कालीन समयमा श्रेष्ठ पराजित भए पनि लक्ष्मी समूह महासंघ राजनीतिबाट टाढा भएन। मामा अध्यक्ष बनाउन नसके पनि अञ्जन श्रेष्ठ भने महासंघको सक्रिय राजनीतिमा सोही समयदेखि देखिन थालेका थिए। विगतमा खासै बाहिर नआउने गरेका अञ्जनले नाडा अटो मोबाइल एसोसिएसनको राजनीतिमा चासो दिए। नाडामा अध्यक्षसमेत भए। महासंघ वस्तुगततर्फको शक्तिशाली संस्था नाडामा नेतृत्व गरेपछि उनको महासंघको राजनीति तय भयो।

images

सोही क्रममा महासंघको अघिल्लो निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भए। बिहीबार भएको निर्वाचनमा पनि अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षको निर्वाचनमा होमिएसँगै जितसमेत निकाले। आगामी अध्यक्ष चन्द्र ढकालपछि नेतृत्व महासंघमा अञ्जनले गर्नेछन्। ५३ वर्षको उमेरबीचमा अञ्जन धेरै ठाउँको नेतृत्व गर्दै व्यवसायी सम्मिलित मुलुककै ठूलो संस्थाको नेतृत्व गर्न आइपुगेका छन्।

images
images
anjan win.jpg

पोखरादेखि महासंघको नेतृत्वसम्म

लक्ष्मी ग्रुप पोखराबाट फैलिएको व्यापारिक घराना हो। अञ्जनको परिवार ठूलो र घर एकदमै सानो थियो। बुबा पाल्पामा सरकारी जागिरे थिए। पोखराको घर बेचेर नेपालगञ्जमा बस्ने सोच बनाएका थिए बुबाले। मामाले धेरै उब्जाउयोग्य जमिन नेपालगञ्जमा रहेको बताएपछि बुबाले त्यता जाने इच्छा देखाए।

त्यो समय अञ्जनको ठूलो बुबा बुटवलमा थिए। त्यो समयमा अञ्जन र भाइहरू पुष्टकारी बनाएर बेच्ने गर्दथे। ठूलो बुबाको साथीहरूमध्ये एकजना भारतीय साथी थिए। उक्त भारतीयले बनारसबाट मीठाइ बनाउन मिल्ने मेसिन ल्याएका। त्यसपछि अञ्जनको परिवार व्यापारमा आएको थियो।

४ सय रूपैयाँ र २ हजार ऋण लिएर २४ सयबाट व्यापार सुरु गरेको हो। पोखरामा ३ कक्षा पास गरेर काठमाडौंमा १ कक्षामा पढ्नका लागि आएका थिए अञ्जन। बालुवाटारको स्कूलमा भर्ना भएका अञ्जन पूर्वयुवराज पारस शाह पनि क्लासमेट थिए। 

सन् १९७३ मा लक्ष्मी मीठाइ भण्डारबाट सुरू भएको यात्रा सन् २०२३ सम्म आइपुग्दा दुग्धजन्य उत्पादनका साथै, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ।

विदेशी मीठाइ, चकलेट, चुइङगमलगायत परिकार विश्व बजारमा पनि पुगेका छन्। लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीले उत्पादन गर्ने कन्फेक्सनरी, चकलेट लगायत उत्पादन विश्व बजारमा समेत परिचित छन्। सुजलका ४० भन्दा बढी कन्फेक्सनरी ब्रान्ड बजारमा छन्। लक्ष्मी ग्रुपले हाल तीन हजार दुई सय रोजगारी सिर्जना गरेको छ। आगामी पाँच वर्षमा यो संख्या पाँच हजार पुर्‍याउने लक्ष्य छ। 

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९११:२९

प्रतिक्रिया दिनुहोस