बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

खानेपानीका मूल जोगाउन ताल संरक्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३० २०७९
images
images
खानेपानीका मूल जोगाउन ताल संरक्षण
फाइल तस्बिर

संघीय सरकारबाट गाउँपालिकामा आएको २० लाख रूपैयाँ अनुदान, गण्डकी प्रदेश सरकारको १० लाख र स्थानीयवासीको तीन लाख रूपैयाँबराबरको श्रमदान गरी ३३ लाख रूपैयाँको लागतमा ताल संरक्षणको काम भइरहेको छ।

images
images

गलकोट- पछिल्लो समय जथाभावी सडक निर्माण गर्दा मूल सुक्दै जान थालेका छन्।

images
images
images

वर, पिपल चौतारी र पोखरी क्रमशः मासिँदै जाँदा मूलसमेतमा प्रत्यक्ष असर पर्न थालेपछि बागलुङको काठेखोला गउँपालिकाले वस्तीमाथिको ताल संरक्षण गर्न थालेको छ।

images
images

उक्त गाउँपालिका-४ स्थित तङ्ग्रामको शिरमा रहेको खोरताल संरक्षण गर्न थालिएको हो। पछिल्लो समय उक्त ताल सुक्दै गएपछि ताल मुनिका मुहानसमेतमा असर पर्न थालेकाले संरक्षण  गर्न थालिएको गाउँपालिकाले जनाएको छ।

images
images
images

ताल संरक्षणसँगै तालमुनिका मूल सिञ्चित हुने र तालको रमणीय दृश्यका लागि आन्तरिक पर्यटकसमेत भित्र्याउने लक्ष्यका साथ अहिले ताल संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले जानकारी दिए।

पौराणिक ताल पछिल्लो समय सुक्दै गएको, ताल पुरिन थालेपछि संघीय सरकार, गण्डकी प्रदेश सरकार स्थानीयवासीको श्रमदानबाट अहिले ताल संरक्षणको काम भइरहेको उनको भनाइ थियो। ताल झण्डै १५ रोपनी जग्गामा फैलिएकामा  पछिल्लो समय साँधुरिँदै गएको छ।

'ताल संरक्षण गर्दा तालमुनिका एक हजार ५०० घरधुरीले उपभोग गर्ने विभिन्न मूल जोगिने छन्, पर्यटकीय दृष्टिकोणले अत्यन्तै मनोरम क्षेत्रका रूपमा रहेको बसन्ताप, खोर ताल, झुलेनी र थामडाँडालाई जोडेर पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले डिपिआर अगाडि बढाएको छ', प्रवक्ता विकले भने, 'पछिल्लो समय मूल सुक्दा वस्तीमा खानेपानीको अभाव देखिएका कारण मूल जोगाउन ताल तथा पोखरी संरक्षणमा गाउँपालिकाको ध्यान गएको हो।'

पर्यावरण जोगाउनका लागि ताल तथा पोखरीे संरक्षण आवश्यक ठानिएको गाउँपालिकाको भनाइ छ। गाउँपालिकाका प्रत्येक वडाको वस्ती माथिका ताल तथा पोखरी संरक्षण गर्ने अभियान थालिएको छ।

संघीय सरकारबाट गाउँपालिकामा आएको २० लाख रूपैयाँ अनुदान, गण्डकी प्रदेश सरकारको १० लाख र स्थानीयवासीको तीन लाख रूपैयाँबराबरको श्रमदान गरी ३३ लाख रूपैयाँको लागतमा ताल संरक्षणको काम भइरहेको छ। अहिले तालको पूर्वपट्टी आरसिसि पर्खाल लगाउने कार्य भइरहेको र तालको चारैतिरबाट पक्की पर्खाल लगाएपछि पुरिएको माटो निकाल्ने स्थानीय उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर थापाले जानकारी दिए।

खोरतालमा पछिल्लो समय पानी घट्दै गएपछि त्यहाँको सौन्दर्यसमेत हराउँदै गएको छ।  गाउँपालिकाको पहलमा ताल संरक्षण अभियान थाल्दा खुसी लागेको स्थानीयवासी कुलप्रसाद थापाले बताए। 'पहिला ताल ठूलो थियो, ताल भरी पानी थियो, अहिले खडेरी धेरै पर्न गयो, ताल रसाएर सुक्न थाल्यो, जस्को असर ताल मुनीका मूलसमेतमा पर्न गायो', उनले भने, 'ताल संरक्षण गरेर तालभरी पानी हुँदा तालमुनिका मूल जोगिने छन्, सिँचाइको सुविधा हुनेछ र ताल हेर्न पर्यटकसमेत आउनेछन्।'

गाउँपालिकाले बसन्ताप, खोर ताल, झुलेनी र थामडाँडालाई जोडेर पर्यटकीय स्थलका रूपमा विकास गर्न त्यहाँ पुग्ने पदमार्ग पनि निर्माण गरेको  छ। अहिले गाउँपालिकाले विस्तृत अध्ययन प्रतिवेदनको कामसमेत भइरहेको जनाएको छ। जलवायु परिवर्तनको असरका कारण कुवा, मूल, ताल तथा पोखरी सुक्दै जाँदा गाउँमा खानेपानीको अभाव भएकाले  गाउँपालिकाले आगमी दिन अन्य वडामा रहेका ताल तथा पोखरी पनि  संरक्षण गर्ने नीति लिएको छ। रासस


प्रकाशित : बिहीबार , चैत ३० २०७९१०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend