बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

एफएनसीसीआई निर्वाचन : अझै सुरू भएन दोस्रो चरणको मतदान, हुँदैछ सहमतिको प्रयास

उमेशलालले छोड्लान् अञ्जनलाई?

images
बिहीबार , चैत ३० २०७९
images
images
एफएनसीसीआई निर्वाचन : अझै सुरू भएन दोस्रो चरणको मतदान, हुँदैछ सहमतिको प्रयास

मतदान सुरू हुन ढिला हुनुको कारण दोस्रो चरणमा सहमतिको प्रयास भइरहेको छ। पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षले सहमतिका लागि प्रयास गर्दैछन्। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको पहिलो चरणबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई बाहिरिएसँगै दोस्रो चरणको मतदान अझै सुरू हुन सकेको छैन।

images
images
images

मतदानका लागि निर्वाचन समितिले २ बजे तोके पनि अहिलेसम्म सुरू भएको छैन। 

दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्प्रर्धा हुनेछ। तीन उम्मेदवार मध्ये कुनै पनि ५० प्रतिशत मत नकटेपछि पुनः आज मतदान सुरू भएको हो। 

images

मतदान सुरू हुन ढिला हुनुको कारण दोस्रो चरणमा सहमतिको प्रयास भइरहेको छ। पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षले सहमतिका लागि प्रयास गर्दैछन्। 

images

अञ्जन र उमेशलालबीच सहमतिका लागि अन्तिम प्रयास भइरहेकाले मतदान सुरू हुनमा ढिला भइरहेको छ। 

समग्रमा पहिलो चराणमा अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत ल्याएका थिए। त्यस्तै उमेशलालले ३१.४९ प्रतिशत र रामचन्द्र संघईले ३०.१९ प्रतिशत मत ल्याएका थिए। अब दोस्रो चरणमा अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा हुँदा संघईको मत तान्न दुवै पक्षले जोड दिएका छन्। संघई पक्षले अञ्जन श्रेष्ठलाई सहयोग गर्ने आंकलन गरिएको छ।

कुल मतभारमा ३० प्रतिशत भार हुने एसोसिएटमा संघईले धेरै मत ल्याएका थिए। १ हजार ६ सय १२ सदर मतमा रामचन्द्र संघईले ६ सय १३ अञ्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठले ४ सय २६ मत पाएका थिए। 

वरिष्ठ उपाध्यक्षको नतिजामा एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ। यसअनुसार अञ्जनको १०.६६, उमेशको ७.९ र संघईको सबैभन्दा बढी ११.४ प्रतिशत छ। त्यस्तै जिल्ला नगरमा कुल १ सय १७ मत खसेकोमा १ सय १४ मत सदर भएको थियो। यसमा अञ्जन श्रेष्ठले ४७ मत ल्याएका थिए। त्यस्तै रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका थिए। 

वरिष्ठ उपाध्यक्षको नतिजामा जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ। यस अनुसार अञ्जनको २०.६१, उमेशको  १२.२८ र संघईको १७.१० प्रतिशत थियो। त्यस्तै वस्तुगतमा उमेशले ६९, अञ्जनले ४१ र संघईले १२ मतमात्र पाएका थिए।

कुल मतमा २० प्रतिशत भार हुने यो क्लस्टरमा संघईले जम्मा १.९६ प्रतिशत ल्याएका थिए। यसमा सबैभन्दा धेरै उमेशले ११.३१ प्रतिशत र अञ्जनले ६.७२ प्रतिशत ल्याएका थिए।  


प्रकाशित : बिहीबार , चैत ३० २०७९०९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend