शनिबार, वैशाख २२ गते २०८१    
images
images

नयाँ वर्षमा बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट  

images
बिजनेस न्युज
images
images
नयाँ वर्षमा बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट  

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिगमार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

images
images

काठमाडौं- नयाँ वर्षको अवसरमा बिगमार्टमा क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने भएको छ।

images
images
images

विद्युतीय कारोबारलाइ प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरी सो सुविधा दिन लागेको हो। ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत, अधिकतम १ सय ५० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

images

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिगमार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

images

यस अफरअन्तर्गत बिगमार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो. बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।

images
images

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०९:२३
प्रतिक्रिया दिनुहोस