बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३० २०७९
images
images
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ।

images
images

दोधारा चाँदनी- कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन। सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो।

images
images
images

परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो। त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन। आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ। उक्त क्षेत्रमा २२ शाखा नहर निमार्णधीन अवस्थामा छन्। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए।

images
images

'हामीले पानी सञ्चालनका लागि पटक-पटक ताकेता गर्दै आएका छौँ। भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ ', उनले भने। उनले दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटनको टुंगो नलाग्दा नहरमा पानी सञ्चालन अन्योलमा परेको बताए।

images
images
images

टनकपुर ब्यारेजबाट नेपाल-भारत सीमासम्म एक हजार दुईसय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना संक्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो।

आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्‍याउन समस्या हुने छैन। महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा एक हजार क्युसेक र हिउँदमा तीनसय क्युसेक पानी पाउने उल्लेख छ। रासस 


प्रकाशित : बिहीबार , चैत ३० २०७९०८:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend