शनिबार, वैशाख २२ गते २०८१    
images
images

पर्यटन विकासका लागि पूर्ण क्षमताको निजगढ विमानस्थल नै पहिलो सर्त

images
images
images
पर्यटन विकासका लागि पूर्ण क्षमताको निजगढ विमानस्थल नै पहिलो सर्त
images
images

यातायातका विभिन्न साधनमध्ये सबैभन्दा सुरक्षित हवाई यातायात नै हो। सुरुवातको १ सय २० वर्षको अवधिमा नै मानव जीवनको एउटा अभिन्न अंग हवाई यातायात भइसकेको छ। यसको उपस्थितिबिनाको मानव जीवनको अब परिकल्पनासमेत हुन सक्दैन। यसले पृथ्वीलाई नै एउर्टा सम्रग ग्राममा बदलिदिएको छ।

images
images
images

नेपालमा पनि हवाई यातायात सुरु भएको ७० वर्ष नाघिसकेको छ। यो अवधिमा नेपालले पनि हवाई यातायातको विकास र विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। ह‌वाई यातायातसँग सम्बन्धित पूर्वाधार निर्माण, सुरक्षा तथा उडान, हवाई सेवा प्रयोग र सञ्चालनमा राम्रो प्रगति भएको छ।

images

नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलगरि तीनवटा विमानस्थल सञ्चालनमा रहेका छन् भने ठूलो संख्यामा रहेका आन्तरिक विमानस्थलहरूले नेपालको विभिन्न क्षेत्रहरूमा सेवा प्रदान गरिरहेको अवस्था छ।

images

तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरूमध्ये गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केही समय अघिमात्रै सञ्चालनमा आएको छ। तर पोखराबाट अन्तर्राष्ट्रिय उडान भने सुरु हुन सकेको छैन। हामीले विदेशी वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न सकेका छैनौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको छ। 

images
images

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको तथ्यांकअनुसार सन् १९७० देखि हरेक वर्ष हवाई यात्रुको संख्या दुई गुणाले बढिरहेको छ। सन् २०१९ को तथ्यांकलाई हेर्ने हो भने नियमित उडानबाट संसारभर ४ अर्ब ५० करोड मानिसले हवाई यातायात प्रयोग गरेका थिए। 

सन् २०२०-२१ मा आएको विश्वव्यापी कोरोना महामारीका कारण हवाई यातायात नराम्रोसँग प्रभावित हुन पुग्यो भने विभिन्न राष्ट्रहरूले हवाई यातायातको सञ्चालनमा लगाएको प्रतिबन्धका कारण हवाई यात्रुको संख्या उल्लेख्य मात्रामा घट्यो। त्यो स्वभाविक नै थियो। विश्वव्यापी खोप अभियानको सफलता र कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि हवाई यात्रुको संख्यामा निरन्तर वृद्धि भइरहेको छ। आयटाको प्रक्षेपणअनुसार सन् २०२४ मा विश्वव्यापी हवाई यात्रुको संख्या ४ अर्ब ५० करोडको तथ्यांक पार गर्नेछ भने २०३९ मा ९ अर्ब पुग्नेछ। 

नेपालको हवाई यात्राको प्रक्षेपणलाई नियाल्दा यसको आँकडा लगभग ९/१० प्रतिशत रहेको छ भने सन् २०१९ मा नेपालको हवाई यात्राको संख्या १ करोड पार गरेको थियो। त्यसको लगगभ ७५ प्रतिशत यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नै सेवा दिएको थियो। कोराना महामारीपछि सन् २०२३ मै २०१९ को हाराहारीमा नेपालमा हवाई यात्रु भइसकेका छन्।

नेपालको हवाई यात्रुको प्रक्षेपणलाई नियाल्दा सन् २०३८ सम्ममा विश्वव्यापी वृद्धिलाई नै मान्ने हो भने पनि २ करोडभन्दा बढी हुने छ। हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रुबहन गर्नसक्ने क्षमता १ करोड, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ५० लाखभन्दा बढी नरहेको सन्दर्भमा अर्को फूल फेजको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको पुष्टी हुन्छ। 

नेपालको विमानस्थलहरूले सन् २०१९ मा १ करोड ६ लाख यात्रुलाई सेवा दिएको थियो। अन्तर्राष्ट्रिय र आन्तरिक हवाई यात्राको वृद्धिलाई हेर्ने हो र सन् २०२२ लाई २०१९ को आधार वर्ष मान्ने हो र हालको ३ प्रतिशत वृद्धिदरलाई आधार मान्दा सन् २०२७ सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी लगभग १ करोड ५० लाख हवाई यात्रुलाई सेवा दिनुपर्ने हुन्छ। जुन हाम्रो हालको क्षमताले धान्न सक्ने देखिँदैन। 

यस्तो अवस्थामा नेपालमा अन्य देशबाट हवाई पहुँच बढाउन, आर्थिक विकास गर्न, पर्यटन उद्योगलाई गतिशील बनाउन र वृद्धि भएको हवाई यात्रुको माग पूरा गर्न अविलम्ब अर्को पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधार निर्माण गर्न आवश्यक भइसकेको छ।

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना भएको तीन दशकभन्दा अगाडि नै विस्तृत अध्ययन गरेर निजगढ चयन गरिएको थियो।

यसरी सो क्षेत्र चयन गर्दा भौगोलिक वनावट, राजधानी काठमाडौं र भारतको सीमाबाट दुरी, जमिनको उपलब्धतासँगै निर्माणका लागि आवश्यक अन्य पूर्वाधार उपलब्धता, बाह्य क्षेत्रको उपभोगको सम्भावना, वातावरण विनाशको न्यूनीकरण र भविष्यमा विस्तार गर्न सक्ने क्षमताको सम्भावना जस्ता कारणहरूको विस्तृत अध्ययनपश्चात सो क्षेत्र चयन भएको हो।

लामो समयसम्म बहसमा रहेको यो विमानस्थल निर्माणको लागि आवश्यक तयारी पश्चात काम अगाडि बढाइसकेको अवस्था थियो। तर वातावरण संरक्षणको लागि विमानस्थल निर्माण गर्ने क्रममा गर्नुपर्ने आवश्यक काम नगरेको र वातावरणीय पक्षलाई गम्भीरतापूर्वक सम्बोधन नगरको विषय अगाडि आइसकेपछि सर्वोच्चले यसले पुन: अध्ययन गर्नुपर्ने आदेश दियो।

त्यसपछि नेपाल सरकारले गठन गरेको विज्ञ टोलीले सर्वोच्चले उठाएको प्रश्नको समेत सम्बोधन गर्दै सोही क्षेत्रमा विमानस्थल बनाउन उचित हुने प्रतिवेदन सरकारलाई बुझाएको सञ्चार माध्यममा आएको थियो। अब सरकारले नेपालको बढ्दो हवाई यात्रुको सेवालाई मध्यनजर राख्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अविलम्ब निर्माणका लागि नेपाल सरकारले आवश्यक तयारी गर्न आवश्यक छ।

वातावरणमा जति पनि प्रश्न छन् त्यसलाई राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मान्यताअनुसार सम्बोधन गर्न आवश्यक छ र यसरी बनाइने कार्यहरू कार्यान्वयन हुन्छन् भन्ने विषयमा सरोकारवाला र आम नागरिकहरूलाई आश्वस्त पार्न जरुरी छ। विमानस्थल निर्माणको मोडल के हुने हो भन्ने विषय टुंगो लगाउन आवश्यक छ।

अब यसमा अलमल गर्न हुन्न। हाम्रो लागि निजगण आवश्यक विमानस्थल हो। यदाकदा सरकारी पक्षबाट र प्राधिकरणको वर्तमान व्यवस्थापनले नेपाल सरकारले आफै विमानस्थल बनाउन सक्षम छ र निजगढ बनाउन ५/७ लाग्न सक्छ र भएको कुल लागत १ खर्ब ५० अर्ब भन्दा पनि वार्षिक २०/२५ अर्ब विनियोजन गर्नसक्ने तर्क अगाडि आएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी वार्षिक करिब २० अर्ब भएकोले पनि यो सम्भव भएको कुरा गरिन्छ। प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०७८ जारी गरी शुल्क बढाएको छ।

प्राधिकरणले यात्रु सेवा शुल्कलगायत सबैमा भारी वृद्धि गरेको छ। जसको भार खाडीमा काम गर्ने जाने श्रमिकदेखि गरिब नेपालीमा नै पर्ने हो। यसरी प्राप्त आम्दानीबाट अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा आइकाओ इकोनोमिष्ट म्यानुयलले समेत समर्थन गर्दैन। हामी आफै साक्षी छौँ।

हामीले आफै निर्माण गरेको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थालाई हेर्ने हने भने निर्माणभन्दा पनि निर्माणपश्चात त्यसको सञ्चालन कसरी गर्ने भन्ने विषयमा उचित योजना अगाडि सार्नुपर्छ। जुन विषयमा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हकमा देखिसकेका छौँ।

तसर्थ निजगढ विमानस्थल सरकार आफैले निर्माण नगरी रणनीति साझेदार खोजेर सञ्चालन मोडलसमेत तयार गरी अगाडि बढ्न आवश्यक छ।

(लेखक गौतम नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्।)

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६

प्रतिक्रिया दिनुहोस