बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको मतदान २ बजेबाट सुरु हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३० २०७९
images
images
वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको मतदान २ बजेबाट सुरु हुने

मतगणना पनि आजै हुनेछ। आज राति ९ बजेसम्म परिमाण आउने समिनिर्वाचन समितिले जनाएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ।

images
images
images

निर्वाचन समितिले दिएको जानकारी अनुसार आज दिउँसो २  बजेबाट ५ बजेसम्म मदतान हुनेछ। मतदानलगत्तै मतगणना हुनेछ। आज राति ९ बजेसम्म परिमाण आउने समितिले जनाएको छ।

images
images

पहिलो चरणको निर्वाचमा वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ मैदानमा उत्रिएका थिए। तर ५० प्रतिशतभन्दा माथि मत ल्याउने विजयी हुने महासंघको व्यवस्था छ। तर कुनै पनि उम्मेद्‌वारले ५० प्रतिशत पाउन सकेनन्। सोही व्यवस्थाअनुसार अब बढी मत ल्याउने अञ्जन र दोस्रो बढी मत ल्याउने उमेशबीच प्रतिस्पर्धा हुनेछ। 

images
images
images

समग्रमा अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत ल्याएका छन्। त्यस्तै उमेशलालले ३१.४९ प्रतिशत र रामचन्द्र संघईले ३०.१९ प्रतिशत मत ल्याएका छन्। अब दोस्रो चरणमा अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने भएको छ। 

कुल मतभारमा ३० प्रतिशत भार हुने एसोसिएटमा संघईले धेरै मत ल्याएका थिए। १ हजार ६ सय १२ सदर मतमा रामचन्द्र संघईले ६ सय १३ अञ्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठले ४ सय २६ मत पाएका छन्। 

वरिष्ठ उपाध्यक्षको नतिजामा एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ। यसअनुसार अञ्जनको १०.६६, उमेशको ७.९ र संघईको सबैभन्दा बढी ११.४ प्रतिशत छ। 

त्यस्तै जिल्ला नगरमा कुल १ सय १७ मत खसेकोमा १ सय १४ मत सदर भएको थियो। यसमा अञ्जन श्रेष्ठले ४७ मत ल्याएका थिए। त्यस्तै रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका थिए। 

वरिष्ठ उपाध्यक्षको नतिजामा जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ। यस अनुसार अञ्जनको २०.६१, उमेशको  १२.२८ र संघईको १७.१० प्रतिशत थियो।

त्यस्तै वस्तुगतमा उमेशले ६९, अञ्जनले ४१ र संघईले १२ मतमात्र पाएका थिए। कूल मतमा २० प्रतिशत भार हुने यो क्लस्टरमा संघईले जम्मा १.९६ प्रतिशत ल्याएका थिए। यसमा सबैभन्दा धेरै उमेशले ११.३१ प्रतिशत र अञ्जनले ६.७२ प्रतिशत ल्याएका थिए।  


प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend