काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि भएको निर्वाचनको जिल्ला नगरतर्फको मतगणना सम्पन्न भएको छ।
कुल १ सय १७ मत खसेकोमा १ सय १४ मत सदर भएको थियो। यसमा अञ्जन श्रेष्ठले ४७ मत ल्याएका छन्। त्यस्तै रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका छन्।
वरिष्ठ उपाध्यक्षको नतिजामा जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ। यस अनुसार अञ्जनको २०.६१, उमेशको १२.२८ र संघईको १७.१० प्रतिशत छ।