काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि भएको निर्वाचनको एसोसिएटतर्फको मतगणना सम्पन्न भएको छ।
१ हजार ६ सय १२ सदर मतमा रामचन्द्र संघईले ६ सय १३ अञ्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठले ४ सय २६ मत पाएका छन्।
वरिष्ठ उपाध्यक्षको नतिजामा एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ। यसअनुसार अञ्जनको १०.६६, उमेशको ७.९ र संघईको सबैभन्दा बढी ११.४ प्रतिशत छ।