बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

बागलुङको काठेखोलामा खानेपानी अभाव

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३० २०७९
images
images
बागलुङको काठेखोलामा खानेपानी अभाव

धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ। 

images
images

गलकोट- बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ। धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ। 

images
images
images

भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन। धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन।

images
images

प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि पुनः खानेपानीको अभाव भएको स्थानीय प्रेमश्वरी श्रेष्ठले बताए। 'सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै बिग्रियो', उनले भने। १४ लाख रूपैयाँको लागतमा योजना सम्पन्न भएको हो। देउरालीका सबै घरमा खानेपानीका धारा छन्, तर पानी उपलब्ध छैन।

images
images
images

काठेखोला गाउँपालिकाले दुई वर्षअघि देउरालीमा खानेपानीको अभाव टार्न सोलार लिफ्ट खानेपानी आयोजना निर्माण गरेको हो। योजना सञ्चालनमा आउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताए। लिफ्ट आयोजना मर्मत गर्न पहल भइरहेको उनको भनाइ छ। अहिले देउरालीमा असौजे र कालठुटेको मूलबाट आएको पानी दुईवटा ट्यांकीमा जम्मा गरेर घर-घरमा वितरण भइरहेको छ। बर्खामा खानेपानी पुग्ने भए पनि हिउँदयाममा अभाव नै हुन्छ। 

देउरालीमा खानेपानी ल्याउनका लागि बस्तीमुनिको देउरालीखोला मुहानको पानी सोलार लिफ्ट योजनामार्फत झन्डै तीन सय मिटरमाथि तानेर घर-घरमा पुर्‍याइएको थियो। रासस


प्रकाशित : बिहीबार , चैत ३० २०७९०४:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend