बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

वरिष्ठ उपाध्यक्षमा कसैले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने, बाहिरिए संघई

images
बिहीबार , चैत ३० २०७९
images
images
वरिष्ठ उपाध्यक्षमा कसैले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने, बाहिरिए संघई
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणामहरु सम्पन्न भएपनि वरिष्ठ उपाध्यक्षको भने पुनः मतदान हुने भएको छ।

images
images
images

तीन उम्मेदवार मध्ये कुनै पनि ५० प्रतिशत मत नकटेपछि पुनः आज मतदान हुन लागेको हो।

महासंघमा जिल्ला नगरतर्फ, वस्तुगत र एसोसिएट गरि तीन क्लस्टरमा मतदान भएको थियो।  महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिने उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउनुपर्ने छ।

images

समग्रमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत ल्याएका छन्। त्यस्तै उमेशलालले ३१.४९ प्रतिशत र रामचन्द्र संघईले ३०.१९ प्रतिशत मत ल्याएका छन्। अब दोस्रो चरणमा अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने भएको छ। 

images

कूल मतभारमा ३० प्रतिशत भार हुने एसोसिएटमा संघईले धेरै मत ल्याएका थिए। १ हजार ६ सय १२ सदर मतमा रामचन्द्र संघईले ६ सय १३ अञ्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठले ४ सय २६ मत पाएका छन्। 

वरिष्ठ उपाध्यक्षको नतिजामा एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ। यसअनुसार अञ्जनको १०.६६, उमेशको ७.९ र संघईको सबैभन्दा बढी ११.४ प्रतिशत छ। 

त्यस्तै जिल्ला नगरमा कुल १ सय १७ मत खसेकोमा १ सय १४ मत सदर भएको थियो। यसमा अञ्जन श्रेष्ठले ४७ मत ल्याएका थिए। त्यस्तै रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका थिए। 

वरिष्ठ उपाध्यक्षको नतिजामा जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ। यस अनुसार अञ्जनको २०.६१, उमेशको  १२.२८ र संघईको १७.१० प्रतिशत थियो।

त्यस्तै वस्तुगतमा उमेशले ६९, अन्जनले ४१ र संघईले १२ मतमात्र पाएका थिए। कूल मतमा २० प्रतिशत भार हुने यो क्लस्टरमा संघईले जम्मा १.९६ प्रतिशत ल्याएका थिए। यसमा सबैभन्दा धेरै उमेशले ११.३१ प्रतिशत र अन्जनले ६.७२ प्रतिशत ल्याएका थिए।  

 


प्रकाशित : बिहीबार , चैत ३० २०७९०५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend