बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

नेपाल उद्योग वाणिज्य महासंघको ३ उपाध्यक्षमा २ संघई र १ उमेशलाल टिमबाट विजयी

images
बिहीबार , चैत ३० २०७९
images
images
नेपाल उद्योग वाणिज्य महासंघको ३ उपाध्यक्षमा २ संघई र १ उमेशलाल टिमबाट विजयी
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको तीन उपाध्यक्षमा २ संघई र १ उमेशलाल टिमबाट विजयी भएका छन्।

images
images
images

वस्तुगततर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित भएका छन्। त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन्।

images
images

एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित निर्वाचित भएकी छन्। राचन्द्र संघईको प्यानलबाट ज्योत्सना श्रेष्ठ निर्वचित भएकी हुन्। वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल र अञ्जन श्रेष्ठको प्यानलबाट साझा उम्मेद्वार रहेका भरत आचार्यलाई हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन्। 

images
images
images

ज्यात्सनाले ८४६ मत ल्याएर विजयी हुँदा भरतले ७८१ मत पाए।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई प्यानलबाट चुनावमा होमिएका वैद्यलेले ४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी अरुणराज सुमार्गीले ३७ मत ल्याएका छन्।

त्यस्तै अर्का उम्मेदवार दिनेश श्रेष्ठले ३४ मत ल्याएका छन्। महासंघको निर्वाचनमा अञ्जन श्रेष्ठको प्यानलबाट अरुणराज सुमार्गी, उमेशलाल श्रेष्ठको प्यानलबाट दिनेश श्रेष्ठ र रामचन्द्र संघईको प्यानलबाट सुरकृष्ण वैद्य उम्मेदवार रहेका थिए। 

महासंघको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट चुनावमा होमिएका ढकालले ६१ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५२ मत ल्याएका छन्। त्यस्तै अर्का उम्मेदवार  शकुन्तलाल हिराचनले ७ मत ल्याएका छन्। 


प्रकाशित : बिहीबार , चैत ३० २०७९०२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend