बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

आठ महिनापछि लगानी बोर्डको बैठक बस्दै 

images
बिहीबार , चैत ३० २०७९
images
images
आठ महिनापछि लगानी बोर्डको बैठक बस्दै 

पुसमै नयाँ सरकार बनेपनि अहिलेसम्म मन्त्रिपरिषदले पूर्णता नपाउँदा बैठक बसिरहेको छैन। लगानी बोर्डले हालसम्म ३३ परियोजना स्वीकृत गरेको छ। ४ खर्बका परियोजना अहिले निर्माणाधीन रहेका छन्। 

images
images

काठमाडौं- ठूलो आकारका विदेशी लगानीका परियोजनाको सहजीकरण तथा स्वीकृत गर्ने लगानी बोर्डको बैठक गएको आठ महिनापछि आज बस्ने भएको छ। 

images
images
images

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गएको साउन २३ गते बोर्डको ५२ औँ बैठक बसेपछि हालसम्म बैठक बसेको थिएन।  लगानी स्वीकृतिका प्रक्रिया अघि बढाउन तथा सहजीकारणका लागि बोर्डको निर्णय चाहिन्छ तर सुरुमा चुनाव र त्यसपछि सरकारले पूर्णता नपाउँदा बैठक बस्न सकेको थिएन।

images
images

आज बोर्डको बैठक बस्ने र यसमा विशेषभन्दा पनि प्रक्रियतागत प्रस्ताव रहेका छन्। यसअघिकै निर्णय कार्यान्वयनका लागि गर्नुपर्ने थप निर्णय तथा सामान्य विषयमै बैठक केन्द्रीत हुनेछ।  

images
images
images

अहिलेसम्म नयाँ लगानीका प्रस्ताव खासै नआएपनि यसअघि नै अघि बढेका प्रक्रिया भने यो बीचमा अबरुद्ध भएका छन्। साउनपछि सरकार चुनावमा केन्द्रीत भएको र त्यसपछि चुनावबाट बनेको सरकारले पूर्णता नपाउँदा कयौं निर्णय रोकिएका थिए।

प्रधानमन्त्री ध्यक्ष हुने बोर्डमा अर्थमन्त्री उपाध्यक्ष हुन्छन्। त्यस्तै ऊर्जा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री,  वन तथा वातावरणमन्त्री सदस्य हुन्छन्। त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र नेपाल राष्ट्र बैंका गभर्नर सदस्य हुन्छन्। बोर्डको सदस्य सचिवका रुपमा बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन्छन्। 

पुसमै नयाँ सरकार बनेपनि अहिलेसम्म मन्त्रिपरिषदले पूर्णता नपाउँदा बैठक बसिरहेको छैन। लगानी बोर्डले हालसम्म ३३ परियोजना स्वीकृत गरेको छ। ४ खर्बका परियोजना अहिले निर्माणाधीन रहेका छन्। 


प्रकाशित : बिहीबार , चैत ३० २०७९०४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend