काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघई प्यानलबाट चुनावमा होमिएका वैद्यले ले ४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी अरुणराज सुमार्गीले ३७ मत ल्याएका छन्। त्यस्तै अर्का उम्मेदवार दिनेश श्रेष्ठले ३४ मत ल्याएका छन्।
महासंघको निर्वाचनमा अञ्जन श्रेष्ठको प्यानलबाट अरुणराज सुमार्गी, उमेशलाल श्रेष्ठको प्यानलबाट दिनेश श्रेष्ठ र रामचन्द्र संघईको प्यानलबाट सुरकृष्ण वैद्य उम्मेदवार रहेका थिए।