बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

उद्योग वाणिज्य महासंघको मतदान सकियो, मतगणना आजै सुरु गरिने

images
बुधबार, चैत २९ २०७९
images
images
उद्योग वाणिज्य महासंघको मतदान सकियो, मतगणना आजै सुरु गरिने

महासंघको एसोसिएटतर्फ १ हजार १ सय ३२ मत, जिल्ला/नगरतर्फ १ सय १७ र वस्तुगततर्फ १ सय २३ मत खसेको छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचको मतगणना सकिएको छ। बिहान १० बजेदेखि सुरु भएको निर्वाचनको मतगणना केही बेरअघि मात्र सकिएको हो। 

images
images
images

महासंघको ५७औँ साधारणसभा सोमबारदेखि काठमाडौंमा सुरु भएको हो। महासंघमा जिल्ला/नगरतर्फ, वस्तुगत र एसोसिएट गरि तीन क्लस्टरमा मतदान भएको थियो। तीनै तर्फको मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

images
images

महासंघको एसोसिएटतर्फ १ हजार १ सय ३२ मत, जिल्ला/नगरतर्फ १ सय १७ र वस्तुगततर्फ १ सय २३ मत खसेको प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए। उनका अनुसार जिल्ला/नगरतर्फ र वस्तुगततर्फ सतप्रतिशत मत खसेको छ। 

images
images
images

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई उम्मेदवार छन्।

त्यस्तै जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाले उमेद्वारी दिएका छन्। महासंघको नयाँ नेतृत्व चयनका लागि ६४ पदका लागि १ सय १६ जनाले उमेद्वारी दिएका हुन्। 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिने उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउनु पर्ने छ। ३ जना उमेद्वार रहेकाले पहिलो चरणमा एकजनाले पनि ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुने गरि तय गरिएको निर्वाचन कार्यालयले जनाएको छ। 


प्रकाशित : बुधबार, चैत २९ २०७९१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend