सोमबार, वैशाख २४ गते २०८१    
images
images

पेट्रोल ट्याक्सीभन्दा विद्युतीय ट्याक्सीको भाडा १० प्रतिशत सस्तो, ट्याक्सी उपभोक्तालाई राहत

images
images
images
पेट्रोल ट्याक्सीभन्दा विद्युतीय ट्याक्सीको भाडा १० प्रतिशत सस्तो, ट्याक्सी उपभोक्तालाई राहत

त्यसपछि प्रति २ सय मिटरको भाडा पेट्रोल ट्याक्सीका लागि १० रुपैयाँ निर्धारण भएको छ। त्यस्तै विद्युतीय ट्याक्सीका लागि प्रति २ सय मिटरको भाडा ९ रुपैयाँ हुने कायम गरिएको छ। 

images
images

काठमाडौं- उपत्यकाको सडकमा विद्युतीय सेडान ट्याक्सी गुड्न थालेका छन्। प्रदेश सरकारले पुराना ट्याक्सीको सट्टा दर्तामा विद्युतीय ट्याक्सी अनिवार्य गर्ने व्यवस्था गरेको हो। सोहीअनुसार प्रदेश सरकारले पेट्रोल र विद्युतीय ट्याक्सीको भाडा समेत फरक निर्धारण गरेको हो।

images
images
images

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत वर्ष चैतमा भाडा समायोजन गर्दा पेट्रोल र विद्युतीय ट्याक्सीको भाडा अलग अलग हुनेगरि निर्धारण गरेको थियो। मन्त्रालयले निर्धारण गरेको भाडा दरअनुुसार पेट्रोल ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीको भाडा १० प्रतिशत कम छ। 

images

मन्त्रालयले भाडा दर निर्धारण गरेर गुणस्तर तथा नापतौल कार्यालयलाई पत्राचार गरेको थियो। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानेर प्रदेश सरकारले ट्याक्सीसहित सार्वजनिक यातायातको भाडा समायोन गरेको थियो। त्यसयता भाडा समायोजन भएको छैन। मन्त्रालयले भाडा समायोजन गर्दा विद्युतीय ट्याक्सी सञ्चालनमा आएको थिएन। विद्युतीय ट्याक्सी सम्बन्धि मापदण्ड स्वीकृत भएर सोही मापदण्ड अनुरुपकै ट्याक्सी उपत्यकामा चल्न थालेका छन्। 

images

प्रदेश सरकारले गएको चैतमा भाडा समायोजन गर्दा सुरुको फ्ल्याग डाउन शुल्क विद्युतीय ट्याक्सी र पेट्रोल ट्याक्सीमा समान ५० रुपैयाँ कायम गरेको छ। त्यसपछि प्रति २ सय मिटरको भाडा पेट्रोल ट्याक्सीका लागि १० रुपैयाँ निर्धारण भएको छ। त्यस्तै विद्युतीय ट्याक्सीका लागि प्रति २ सय मिटरको भाडा ९ रुपैयाँ हुने कायम गरिएको छ। 

images
images

रात्रीकालिन शुल्कमा पेट्रोल र विद्युतीय ट्याक्सीको प्रति २ मिटरको भाडामा २ रुपैयाँ अन्तर रहेको छ। पेट्रोल ट्याक्सीका लागि रात्रीकालिन भाडा प्रति २ सय मिटर १५ रुपैयाँ तोकिएको छ भने विद्युतीय ट्याक्सीका लागि प्रति २ सय मिटरको भाडा १३ रुपैयाँ मात्र तोकिएको छ। रात्रीकालिन भाडा बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्मका लागि मात्र लागु हुनेछ। 

सार्वजनिक यातायातको रुपमा रहेको ट्याक्सी अब ब्याट्रीमा आधारित विद्युतीय सेडान प्रयोगमा आएको छ। सरकारले ट्याक्सी पनि विद्युतीय चलाउन पाइने नियम बनाएसँगै सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सले उत्पादन गरेको एक्सप्रेस टी विद्युतीय सेडान कारलाई ट्याक्सीमा रुपमा ग्राहकलाई हस्तान्तरण सुरु गरिसकेको छ। योसँगै काठमाडौं उपत्यकामा ट्याक्सी प्रयोग गर्न चाहनेले अब विद्युतीय ट्याक्सी प्रयोग गर्न सक्ने भएका छन्। 

सिप्रदीले ट्याक्सी चालकहरुलाई विद्युतीय ट्याक्सी केही साता अघिदेखि औपचारिक रुपमा हस्तान्तरण गरिसकेको छ। सुरुवाती चरणमा सिप्रदीले केही  ट्याक्सी हस्तान्तरण गरेको छ। अब उपत्यकाका यात्र्हरुले विद्युतीय ट्याक्सी चढ्न पाउने छन्। विद्युतीय ट्याक्सी सेडान सेगमेन्टको भएकाले निक्कै आरामदायी हुने दाबी कम्पनीको छ।  

सिप्रदीसँग अन्य केही कम्पनीहरुले पनि विद्युतीय ट्याक्सीका लागि मिल्ने गरि सेडान कार ल्याउने तयारी गरेका छन्। विद्युतीय ट्याक्सीका लागि उपयुक्त हुने र सरकारले तोकेको मापदण्डभन्दा राम्रो क्षमताको एक्सप्रेस टी विद्युतीय ट्याक्सी ल्याएको सिप्रदीले दाबी गरेको छ। बागमती प्रदेश सरकारले पुराना पेट्रोलियम ट्याक्सीको सट्टाभर्ना दर्ता गर्दा विद्युतीय ट्याक्सी नै दर्ता गर्नुपर्ने व्यवस्था गरेसँगै विद्युतीय ट्याक्सी दर्ता भएर गुड्न थालेका हुन्।  

बागमती प्रदेश सरकारले २०८५ भित्र प्रदेशमा चल्ने पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीति तय गरिसकेको छ। सोही नीतिलाई कार्यान्वयन गर्दै २० वर्ष पुरा भएका ट्याक्सी स्क्राप गर्नुपर्ने र त्यसको साटो विद्युतीय नै दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। 

सिप्रदीले टाटाले उत्पादन गरेको एक्सप्रेस टी विद्युतीय सेडान कारलाई ट्याक्सीका रुपमा ल्याएको र त्यसले दिने आर्थिक तथा वातावरणीय लाभबारेसमेत ट्याक्सी चालकहरुलाई जानकारी गराइसकेको छ। त्यहीअनुसार चालकहरु विद्युतीत ट्याक्सी चलाउन उत्साहित देखिएका छन्। 

सिप्रदीले विद्युतीय ट्याक्सी ग्राहकलाई हस्तान्तरण गर्नुपूर्व नै चार्जिङ स्टेसनहरुको विस्तार र विद्युतीय ट्याक्सीका लागि डेडिकेटेड सर्भिस सेन्टर समेत सञ्चालनमा ल्याएको जनाएको छ। एक्सप्रेस टी विद्युतीय कार मल्टी ड्राइभ मोड (ड्राइभ र स्पोर्टस)मा उपलब्ध हुनेछ। त्यस्तै यो कारमा अगाडि डिस र पछाडि ड्रम ब्रेक छ भने हिल असिस्ट सिस्टम पनि छ। 

सीसीएसटू चार्जिङ स्ट्यान्डर्ड पोर्ट रहेको एक्सप्रेस टी १५ एम्पियर प्लग प्वाइन्टमार्फत शून्यदेखि ८० प्रतिशत चार्ज हुन ८ घण्टा ४५ मिलोट लाग्नेछ। त्यस्तै यो कार फास्ट चार्जर (२५ केडब्लू डीसी चार्जर) बाट शून्यदेखि ८० प्रतिशत पुग्न ६५ मिनेटमात्र लाग्नेछ। सिप्रदीले एक्सप्रेस टी ट्याक्सीमा रहेको ब्याट्री प्याक र मोटर तथा सवारीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराउने जनाएको छ। 

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०४:४२

प्रतिक्रिया दिनुहोस