बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री, विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षसँग टेलिफोन वार्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २९ २०७९
images
images
पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री,  विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षसँग टेलिफोन वार्ता

आगामी जुन महिनामा नेपालमा डीपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डीपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो।

images
images
images

आगामी जुन महिनामा नेपालमा डीपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ। विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ। यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । 

विशेषगरी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले राखेका थिए। विश्व बैंकले नेतृत्व गरिरहेको माथिल्लो अरुणमा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले यस विषयमा छलफल भएको थियो।

images

माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा छलफल हुनुका साथै अन्य पूर्वाधार विकासमा पनि विश्व बैंकको सहयोग के कस्तो रहन्छ भन्ने विषयमा मन्त्री डा. महतले चासो राखेका थिए। मन्त्री डा. महतको चासोमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ।

images


प्रकाशित : बुधबार, चैत २९ २०७९१२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend