बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

अमेरिका र इजरायल पठाइदिन्छु भन्दै करोडौँ ठगी 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २९ २०७९
images
images
अमेरिका र इजरायल पठाइदिन्छु भन्दै करोडौँ ठगी 

जिटुजी सम्झौतामार्फत इजरायल पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने बर्दियाका २६ वर्षीय सुनिल कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।

images
images

काठमाडौं- आकर्षक तलबमा वैदेशिक रोजगारीका लागि अमेरिका, काेरिया र इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंको कपन बस्ने ४२ वर्षीय पवन राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। सयौँ जनालाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट करोडौँ रकम लिएर उनी सम्पर्कबिहीन भएका थिए।

images
images

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि उक्त विभागमा पठाइएको छ।

images
images
images

यस्तै जिटुजी सम्झौतामार्फत इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने बर्दियाका २६ वर्षीय सुनिल कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको लाजिम्पाट बस्दै आएका यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।  

वैदेशिक रोजगारीको लागि नेपाल सरकार र इजरायलबीच हुने जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा त्यहाँ पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रूपैयाँ रकम ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 


प्रकाशित : बुधबार, चैत २९ २०७९११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend