बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सांसद बजगाईंको प्रश्न - बुढीगण्डकीको रकमान्तर गरिएको रकम फर्कन्छ कि फर्कँदैन?

images
बुधबार, चैत २९ २०७९
images
images
सांसद बजगाईंको प्रश्न - बुढीगण्डकीको रकमान्तर गरिएको रकम फर्कन्छ कि फर्कँदैन?

सांसद राजेन्द्र बजगाईंले बुढीगण्डकी राष्ट्रिय गौरवको परियोजनाको १ अर्ब ४० करोड बजेट नारायणी तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई लगिएको विषयमा जवाफ माग गरेका छन्।

images
images

काठमाडौं- सांसद राजेन्द्र बजगाईंले प्राडा. डिल्लीराज खनालको अध्यक्षतामा गठन भएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।  

images
images
images

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईंले तत्कालीन नेकपा सरकारले खनालको अध्यक्षमा समिति गठन गरेर प्रतिवेदन बुझाएपछि अहिलेसम्म सार्वजनिक नगरेको बताए।

‘राजश्वले सार्वजनिक खर्च धान्नसमेत नपुगेको अवस्थामा आयोगले सुझाएका विषयहरु कार्यान्वयन गर्दा सरकार सञ्चालनको अप्ठ्यारो परिस्थिति हट्नेछ,’ बजगाईंले भने। 

images

उनले बुढीगण्डकी राष्ट्रिय गौरवको परियोजनाको १ अर्ब ४० करोड बजेट नारायणी तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई लगिएको विषयमा समेत जवाफ माग गरेका छन्। ‘म सरकारलाई प्रश्न गर्न चाहन्छु, यसो किन गरियो? रकमान्तर गरिएको रकम फर्कन्छ कि फर्कँदैन?,’ बजागाईंले भने।  

images

नेपालको पर्यटनको उत्थानमा हिमाली संस्कृति संरक्षण पेचिलो बन्दै गैरहेको बताउँदै बजगाईंले हिमाली गुम्बा सरंक्षण नभएर जीर्ण भइरहेको बताए। पर्वतीय पर्यटनमा जथाभावी ट्रयाक निर्माणले अप्ठेरो भइहेको समेत उनले बताए। ‘जलयात्रा पर्यटन पनि जोखिममा परेको छ, कसैको ध्यान गएको देखिँदैन,’ सांसद बजागाईंले भने।  


प्रकाशित : बुधबार, चैत २९ २०७९१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend