शनिबार, वैशाख ८ गते २०८१    
images
images

पर्यटक पुर्‍याउने सडक : फराकिला हुँदै, गन्तव्यनजिक पुग्दै

images
images
पर्यटक पुर्‍याउने सडक : फराकिला हुँदै, गन्तव्यनजिक पुग्दै

कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा रहेको आकर्षक गन्तव्यहरू पुग्नका लागि सडकको पहुँच विस्तार हुने हो भने विदेशीमात्र होइन आन्तरिक पर्यटनमा समेत बहार आउने व्यवसायीहरू बताउँछन्।

images
images

काठमाडौं- हवाई उडानमार्फन नेपाल प्रवेश गरेका अधिकांश पर्यटक विभिन्न गन्तव्यमा पुग्नका लागि सडक मार्गकै प्रयोग गर्छन्। सीमित गन्तव्यमा आन्तरिक हवाई उडानबाहेक अन्य यात्राका लागि सडक नै अन्तिम विकल्प हो। 

images
images
images

पर्यटकहरू झन्झटरहित र आरामदायी यात्रा गर्न रुचाउँछन्। पैसा खर्च गरेर विलासीता भोग गर्न हिँड्ने पर्यटकका लागि त्यो स्वभाविक पनि हो। पर्यटकका लागिमात्र होइन नेपालमा सडक सञ्जालन आम मानिसको 'लाइफलाइन' नै हो। 

images

चौडा, अवरोधरहित र खाल्डाखुल्डी नभएका सडकले सबैका लागि समयमै गन्तव्यमा पुग्न सहयोग पुग्छ। त्यसमा पनि पर्यटकका लागि त त्यो अपरिहार्य हुन्छ। पर्यटक दिनमात्र नभइ घण्टासमेत गणना गरेर यात्रामा निस्कन्छन्। नेपाल भ्रमणमा आउने विदेशी पर्यटक विभिन्न गन्तव्यमा पुग्न र त्यहाँबाट निश्चित समयमै फर्कन चाहन्छन्। त्यसैले सडक पूर्वाधार विस्तार र विकास पर्यटन उद्योगका लागि पनि अपरिहार्य नै हो।

images

विगतको तुलनामा नेपालमा सडक सञ्जालको विस्तार, विकास र स्तरोन्नति तीब्र गतिमा भइरहेको छ। सरकारले भएका राजमार्गहरूलाई चौडा र गुणस्तरीय बनाउन काम गरिरहेको छ भने उत्तर र दक्षिण जोड्ने नदीहरू कर्णाली, कालीगण्डकी, कोशीलगायतमा करिडोरहरू निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। 

images
images

ठूला नदीहरूमा जलयातायातको अध्ययन बल्ल सुरु भएको र रेल पनि त्यही चरणमा रहेको छ। जनकपुर-जयनगर रेल सञ्चालनमा आए पनि त्यसको उति उपादेयता देखिएको छैन। त्यसैले तत्कालका लागि सडक पूर्वाधार नै बनाउनु पर्ने र विस्तार गर्नुपर्ने भएकाले त्यहीअनुसार काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। आम नागरिकका लागि पनि सडक अपरिहार्य छ र पर्यटनलगायतका लागि त झनै नभइ नहुने अवस्था रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।  

विद्यमान राजमार्गहरूलाई विस्तार गरी एसियनस्तरको चार लेन सडक बनाउने काम तीब्र रुपमा अघि बढेको छ। सवारीको चाप बढेको र आवागमनलाई समज बनाउन नयाँ सडक निर्माणसँगै पुराना राजमार्गहरूको विस्तार तथा स्तरोन्नति अघि बढाइएको मन्त्रालयले जनाएको छ। 

अहिले मन्त्रालयले मुख्यगरी पूर्वपश्चिम राजमार्ग, काठमाडौं आउने मुग्लिन नागढुंगा सडक, अरनिको राजमार्गलगायतलाई चार लेनमा एसियन हाइवे स्ट्यान्डर्डको बनाउने काम सुरु गरेको छ। विभिन्न खण्डमा विभााजन गरेका धेरै ठाउँमा काम सुरु भइसकेको छ भने बाँकीमा ठेक्का लगाउने तथा अध्ययनको क्रममा रहेको छ। आगामी ५ वर्षभित्रमा पूर्वपश्चिम राममार्गको काँकडभिट्टादेखि बुटवलसम्म ४ लेनमा स्तरोन्नति भइसक्ने सचिव शर्माले जानकारी दिए। 

‘आउँदो ५ वर्षमा पूर्वबाट बुटवलसम्म र त्यसको केही वर्षमा महेन्द्रनगरसम्म ४ लेनको हाइवेमा यात्रा गर्न सकिने अवस्था बन्छ,’ शर्माले भने, ‘यसरी सडक विस्तार हुँदा सामान ओसारपसारदेखि आन्तरिक यात्रा गर्न र पर्यटकको मुभमेन्ट बढाउन समेत महत्वपूर्ण हुन्छ।’

सडक विस्तार र स्तरोन्नतिको काम हुँदा आफूहरूको ध्यान सकडको गुणस्तर कायम गर्नेतर्फ पनि केन्द्रित भएको उनको भनाइ छ। आगामी १० वर्षभित्र चार लेनको एसियन स्ट्यान्डर्डको पूर्वपश्चिम राजमार्गमा यात्रा गर्न पाइने विश्वास शर्माले व्यक्त गरे। त्यतिबेलासम्म अन्य धेरै सडकहरू चौडा भइसकेको हुने उनले बताए। त्यसमा गुणस्तर कागम गर्न सरकारले कुनै सम्झौता नगर्ने शर्माको भनाइ छ। 

ताप्लेजुङको ओलाङचुङगोला होस् वा सुदूरपश्चिमको खप्तड वा बडिमालिका नै किन नहोस्, त्यहाँ जानका लागि निश्चित ठाउँसम्म सडक बाटो भएरै जानुपर्छ। सडक बनेपछि स्थानीय जीवन पनि सहज हुने र त्यहाँ पर्यटक जाने आधार बन्ने व्यवसायीहरूको भनाइ छ। सरकारले मुख्य राममार्गमात्र नभइ स्थानीयस्तरका सडक प्रदेश र स्थानीय तहमार्फत विस्तार र स्तरोन्नतिको कामसमेत अघि बढाएको छ। 

पहिचान भएका गन्तव्यहरू पोखरा, चितवन, लुम्बिनी, कोशीटपु, इलाम, बर्दिया, शुक्लाफाँटालगायत स्थानमा पुग्नका लागि असहज चाहिँ छैन। तर चुस्त बाटोको अभाव भने छ नै। त्यसैले सरकारले उल्लेखित गन्तव्यहरू पुग्ने बाटो चौडा र स्तरोन्नति गर्दैछ। एक्सप्लोर नभएका र पहिचान हुनै बाँकी सयौँ गन्तव्यको वरिपरी पुग्नका लागि सकडको कनेक्टिभिटी जरुरी हुन्छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा रहेको आकर्षक गन्तव्यहरू पुग्नका लागि सडकको पहुँच विस्तार हुने हो भने विदेशीमात्र होइन आन्तरिक पर्यटनमा समेत बहार आउने व्यवसायीहरू बताउँछन्। 

पूर्वपश्चिम राजमार्गसँगै मध्यमहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग र हुलाकी राजमार्गले चार ठाउँबाट पूर्वपश्चिमलाई जोड्छ भने उत्तर दक्षिण जोड्न ठूला नदी किनारहरूमा धमाधम करिडोरहरू निर्माण हुने क्रममा छन्। यी सडकहरूले दुरदराजमा रहेका गन्तव्यहरूलाई पर्यटकसँग नजिक्याउँदै छन्। सरकारले सन् २०२३-२०३० लाई पर्यटन दशक घोषणा गरेको छ। यी पूर्वाधारहरू बनिसकेर गन्तव्य सहज हुँदा सरकारले लिएको लक्ष्यअनुसार पर्यटक अनउन सहज हुनेछ। 

रेलको कनेक्टिभिटी 

हाल नेपालमा जयनगर-जनकपुर रेलमार्ग सञ्चालनमा छ। संख्यात्मक रुपमा नेपालमा धेरै पर्यटक आउने देशमा भारत पर्छ। भारतसँगको रेल कनेक्टिभिटीलाई नेपालले काठमाडौंसँग जोड्न सक्यो भने भारतीय पर्यटकको संख्या अझै बढ्नेछ। 

सरकारले पूर्वपश्चिम रेलमार्ग बनाउने गरि अध्ययन गरिरहेको छ भने वीरगञ्ज-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर भारत सरकार निर्माण थाल्ने अन्तिम तयारीमा छ।

त्यसैगरि चीनले सहयोग गर्ने केरुङ-काठमाडौं रेलमार्ग पनि अध्ययनको क्रममा रहेको छ। आगामी दशकमा यी रेलमार्गहरू बनेमा पर्यटकहरूको आवागमनमा निकै सहज हुनेछ। 

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६
  • सम्बन्धित विषय:

  • # nepaltourism
  • # tourismspecial
  • # visitnepal
  • # road
  • # infrastructure


  • प्रतिक्रिया दिनुहोस